रमेश प्रसाइको हुनेवाला बेहुली पहिलोपटक मिडियामा, खुलाइन् रमेशसंगको प्रेम प्रशंग (भिडियो हेर्नुस्)

काठमाडौं । पछिल्लो समय ‘रिंकेबुङको राँगो’को गीतका कारणले चर्चामा रहेका गायक रमेश प्रसाई विवाह बन्धनमा बाँधिने भएका छन् । उनले कालीकोटकी समाजसेवी नन्दा सिंहसँग विवाह गर्न लागेका हुन् ।

३ वर्षको प्रेम सम्बन्धलाई रमेश र नन्दाले बिवाहमा परिणत गर्न लागेका हुन् । यहि २२ गते धरानमा नेपाली परम्पराअनुसार थोरै ब्यक्तिको उपस्थितिमा विवाह कार्यक्रम रहेको नन्दाले जानकारी दिइन् ।

नन्दा सिंह कर्णालीको कालिकोटमा जन्मिएकी हुन् । उनको बाल्यकाल पनि कालिकोटमा नै बित्यो । नेपालगन्जको दृष्टिविहीनलाई पढाउने होस्टेलमा बसेर पढेकी नन्दाले त्यहीबाट एसएलसी उतिर्ण गरिन् । एसएलसी सकेर उनी काठमाडौँ आइन् ।

स्नातक तहसम्म अध्ययन गरेकी नन्दा अहिले सामाजिक कार्यमा सक्रिय छन् । अन्तर दृष्टि नेपाल नामक संस्था मार्फत तीन वर्ष देखि १२ जना अनाथ बालबालिकाकी आमा बनेकी छन् ।नन्दाको सामाजिक काममा मात्रै होइन साहित्यमा पनि रुचि छ ।

कविता, गजल लेख्न निक्कै रुचि राख्ने नन्दा गीत पनि गाउछिन । नेत्रहीन क्रिकेट प्रतियोगितामा श्रीलङ्का पुगेर समेत जितेकी उनी आँखा देख्दिनन् तर क्रिकेटमा अब्बल छन् । बिहान बेलुका आफै खाना पकाउँछिन् । लुगा धुन्छिन्, भाँडा माझ्छिन् । सामाजिक सञ्जालमा उनको रुचि छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार