भिडियो तलको समाचारको अन्त्यमा राखिएको छ, पुरा हेर्नुहोला । अभिनेत्री पुजा शर्मा यतिबेला चलचित्रबाट फुर्सदमा छिन् । वास्तवमा उनी मात्रै हैन चलचित्रमा व्यस्त धेरै कलाकार तथा प्राविधिकहरु यतिबेला फुर्सदमा छन् र अन्य बिकल्पहरु खोजिरहेका छन् । म्युजिक भिडियो, सर्ट फिल्म निर्माण गरेरै भएपनि कोरोना कहरको यो समयलाई फलदायी बनाउन उनीहरु लागि परेका छन् । यस्तैमा पुजालाई लकडाउन पछि केहि म्युजिक भिडियोहरुमा देखियो ।
आफ्नो आगामी चलचित्र म यस्तो गीत गाउँछु २ को रिलिज तयारी मै रहँदा पुजाको टिम कोरोनाको कारण पछि हट्नु पर्यो । यसैबिच पुजाको नयाँ म्युजिक भिडियो युट्युबमा आएको छ । डार्लिँग तिमी बाला बोलको उक्त गीतमा पुजाले एक नेवारी युवतीको भुमिका निभाएकी छिन् । यहि गीतको प्रोमोशनको क्रममा गरिएको कुाकानीमा उनी दर्शकले रुचाएको जोडी आकाश श्रेष्ठसँग नभै अर्कै नेवार नायकसँग देखा परिन् । उनले कुराकानीमा यस्ता रमाईला अनुभवहरु साटिन् ।