यी ब्यक्ति हुन जो सँग स्वेताको बिहे हुदैछ,बिहेको (कार्डसहित)

नेपाल चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री श्वेता खड्का विवाह बन्धनमा बाधिँने भएकी छिन् । दसैँ तिहारको बीचमा उनको विवाह हुनेबारे धेरै नै चर्चा चलेको थियो ।

त्यस समय उनले धनगढीका युवकसँग विवाह गर्न लागेको चर्चा चलेको थियो । अब भने उनले यहि मंसिर २२ गते विवाह गर्ने भएकी छिन् ।

उनी विजयेन्द्रसिंह रावतसँग विवाह बन्धनमा बाधिने भएकी हुन् । विवाहको कार्यक्रम फरेस्ट रिसोर्टमा विहानैदेखि सुरु हुनेछ ।

विवाह कार्डमा लेखिए अनुसार उनको विवाह गोकर्ण फरेस्ट रिसोर्टमा मंसिर २२ गते हुने भएको छ ।

यसअघि उनले २०७१ साल असार २३ गते श्रीकृष्णसँग विवाह गरेकी थिइन् ।तर बिहे गरेको एक महिना नबित्दै उनले श्रीकृष्ण श्रेष्ठलाई गुमाएकी थिइन् ।

श्रीकृष्णको साउन २५ गते नै निधन भएको थियो । चलचित्र कहाँ भेटिएला’बाट नेपाली चलचित्रमा प्रबेश गरेकी उनी चलचित्र कान्छी निर्माण गरेर चलचित्र क्षेत्रमा क’मब्याक गरेकी थिइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार