अचानाको चो’ट खु’कुरीलाई थाहा नभएजस्तै राजगद्दी परित्याग गरेर एक नागरिक हुनुुको चोट, विष्मात वा पीडा पूर्वराजा ज्ञानेन्द्र शाहलाई जति अरु कसलाई होला र ? तै पनि उच्च कदका हँसिला र ग’म्भीर स्वाभावका पूर्वराजा आफ्ना सवाल बेला-बेला सार्वजनिक हुने अभिव्यक्ति, प्रतिक्रियाहरुमा, त्यसको लेससम्म प्रस्तुत गर्दैन्न । बरु, आफूले गद्दी त्याग गरिदिँदा देशमा बदलिएको गणतन्त्रको व्यवस्थाले दशकसम्म जनताको अवस्था सुधार नगरिएकोमा चोटिलो प्र’हार गर्छन् ।
वजनदार व्यक्तित्वको प्रभाव, अन्तिम शाह राजाको गौरवपूर्ण विरासतको आलोक र सधैंको रोगी देखिने गणतन्त्रको वर्तमानप्रति निराश जनताको मतमा टेकेर अनि आफ्ना कुरा भन्ने मौका भने गुमाउँदैन्न पूर्वराजा ज्ञानेन्द्र ।
नेपाली मात्रको महान पर्व वडादशैं २०७३ को संस्करणलाई पनि उनले जनतासँगको साइनो पुुर्नताजगी गर्ने र जनताको असन्तुुष्टिको जगमा टेकेर आफ्नो गद्दी खोस्नेहरुलाई झटारो मारेका छन् । पूर्वराजा ज्ञानेन्द्रले बितेको दशकभित्र जनताका आवश्यकता पूरा नभएको भन्दै शक्ति सन्तुलनका आधारमा अघि बढ्नुपर्नेमा जोड दिँदै दशैं शुुभकानमा दिए ।