बाघ भालुसँग भिड्ने डरलाग्दो भोटे कुकुर भेटियो (भिडियो)

सिन्धुपाल्चोक ।यो पहाडी तथा हिमाली जील्लामा पाईने भोटे कुकुर हो । यस्को नाम घोमर हो । घोमर हेर्दा निक्कै डरलाग्दो छ । सिन्धुपाल्चोकको हेलम्बु गाउपालिका वडा न १ का फिन्जो सेर्पाले पालेको घोमर (भोटे कुकुर) बाघ तथा भालुसँग लडनसक्छ ।

चौरी पालक कृषक फिन्जोले घोमरलाई पसुचौपायको सुरक्षाका लागी पालेका हुन । ३ वर्षे जवान यो घोमरले धेरै पल्ट बाघ भालुको सामना गरीसकेको फिन्जोले बताए । फिन्जोले चौरी गोठ लेक बेसी गर्नेक्रममा कुकुर पनि सँगसँगै जाने गर्दछ ।

चौरी तथा भेडा बाख्रालाई बन्यजन्तुको सिकार हुनबाट बचाउन घोमरले दिनरात पहरा दिने गरेकोछ । फिन्जोका अनुसार एक सुरक्षा गार्डले गर्ने भन्दा धेरै काम घोमरले गरेका छन । फिन्जोका अनुसार अहिलेसम्म मासु नखाएको घोमरलाई ढिडो र चौरीको दुध असाध्यै मिठो लाग्छ । थप जानकारीका लागी लिंकमा क्लिक गर्नुहोला,,,,,

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार