छोरा राम लिम्बुलाइ जिताइदिन आमा पुष्पा शेर्पाको आग्रह(भिडियो सहित)

काठमाडौँ । अन्तर्राष्ट्रिय गायन रियालिटी शो ‘द भ्वाइस’ को फ्रेन्चाइज ‘द भ्वाइस नेपाल’को दोस्रो सिजनको अन्तिम भिडन्तमा राम लिम्बु, सनिश श्रेष्ठ, आरिफ राउफ र विकास लिम्बु शीर्ष उपाधिका लागि लड्दैछन् । यही चार प्रतियोगीमध्ये एक जना भाग्यमानी भ्वाइस अफ नेपालको विजेता बन्दैछन् । विजेताका लागि अब भने चार निर्णायकको हातमा छैन । प्रतियोगिता भोटिङ चरणमा प्रवेश गरिसकेको छ । चार जनामध्ये एक जनालाई शीर्ष उपाधि दिलाउन दर्शकको भोट नै निर्णायक हुनेछ ।

भ्वाइस अफ नेपालको भोटिङ चरण खुला गरिएको छ । शुक्रबार र शनिवारको एपिसोडमा प्रतियोगीहरुको प्रस्तुति हेर्न पाइनेछ । उक्त प्रस्तुतिको आधारमा दर्शकले प्रतियोगीलाई भोट गर्न सक्नेछन् । आगामी शुक्रबार रातिसम्म अन्तिम प्रस्तुतिसम्म भोटिङ लाइन खुला हुनेछ ।भोटिङका लागि एसएमएसमार्फ़त र प्रभु–पे मोबाइल एप डाउनलोड गरी दर्शकले आफूलाई मनपर्ने प्रतियोगीलाई भोट गर्न सक्नेछन् । प्रतियोगीलाई विश्वका जुनसुकै कुनाबाट पनि भोट गर्न सकिनेछ । दर्शककै भोटको आधारमा प्रतियोगीको भाग्य–परीक्षा हुनेछ ।

भ्वाइस अफ नेपालको दोस्रो संस्करणमा प्रतिस्पर्धा गर्न नेपाल, अमेरिकादेखि दार्जिलिङसम्मका प्रतियोगी सामेल भएका छन् । उनीहरुमध्ये कतिले भ्वाइस अफ नेपालको आफ्नो यात्रा टुंग्याइसकेका छन् भने चार जनाको अन्तिम भिडन्त हुँदैछ । भ्वाइस अफ नेपाल सर्वाधिक चर्चित सांगीतिक रियलिटी शो हो । हिमालयन टेलिभिजनबाट प्रसारण हुँदै आएको प्रतियोगिताको अहिले दोस्रो संस्करण चल्दै छ । साउनको पहिलो साताबाट सुरु भएको भ्वाइस अफ नेपाल सिजन २ हरेक शुक्रबार र शनिबार साँझ ८ बजे प्रशारण हुँदै आएको छ ।

दोस्रो संस्करणका लागि देश–विदेशबाट करिब २३ हजार प्रतियोगीले डिजिटल अडिसनमा सहभागिता जनाएका थिए । जसमध्ये एक सयभन्दा बढी प्रतियोगीले ब्लाइन्ड अडिसनका लागि मौका पाएका थिए ।

यो पनि पढ्नुहोस :
काठमाडौं, १९ मंसिर । १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत पाचौं दिन नेपालले थप सात स्वर्ण जितेको छ । यो सँगै नेपालको ३६ स्वर्ण पुगेको छ ।

नेपालले सागको १३ औं संस्करणमा अहिलेसम्म भएका संस्करणमध्ये बढी स्वर्ण पदक संख्या पुर्याएको छ । बिहिबारको स्वर्ण संख्यासँगै हालसम्म खेलेका १३ वटा सागमा कुल एक सय स्वर्ण संख्या कटाएको छ ।

सागमा पौडीतर्फ पहिलो स्वर्ण जित्दा भारोत्तोलनमा पनि पहिलो स्वर्ण जितेको छ । नेपालले बिहिबारसम्म आइपुग्दा धेरैवटा इतिहास कायम गरेको छ ।

नेपालले २६ रजत, ३४ रजतसहित कुल ९६ पदक जितेको छ । बिहिबार नेपालले सागको अहिलेसम्म भएको १३ औं संस्करणसम्मको खेलमा कुल एक सय स्वर्ण कटाएको छ । स्वर्ण संख्या अहिलेसम्म खेलेको सागको संस्करणमध्ये सबैभन्दा बढी पनि हो ।

भारतले अग्रता फराकिलो बनाएको छ । उसले ५७ स्वर्ण, ४० रजत र २० काँस्यसहित ११७ पदक जितेको छ । श्रीलंकाले १७ स्वर्ण, ३२ रजत र ५१ काँस्य गरी कुल एक सय पदक जितेको छ । पाकिस्तानले १२ स्वर्ण, २१ रजत र २२ काँस्य गरी कुल ५५ पदक जितेको छ ।
सार्कका सबै सात राष्ट्रले पदक जितिसकेका छन् । भुटानले मात्र स्वर्ण पदक जित्न सकेको छैन ।

बिहिबारको खेलमा उसुतर्फ नेपालले दुई स्वर्ण जितेको छ । महिला ५६ केजीमा जुनी राईले स्वर्ण जितिन् भने महिला अल राउन्डमा निमा घर्ती मगरले पनि स्वर्ण जितिन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार