प्रचण्डले देउवालाई फोन गरेर- तपाईंकहाँ भोलि बिहान चिया खान आउछु भन्दै टुक्रुक्क पुगेपछि…

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ काँग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न उनकै निवास बूढानीलकण्ठ पुगेका छन् । बुधबार साँझ दाहालले देउवालाई फोन गरेर देउवा निवासमै पुगेको अन्नपूर्ण पोष्ट दैनिकले लेखेको छ । उनले देवालाइ भनेका थिए, ‘म तपाईं कहाँ भोलि बिहान चिया खान आउने छु ।’ देउवाले पनि दाहाललाई सहजै स्वागत गर्दै भने, ‘आउनुहोस्, सँगै बसेर चिया पिउँला ।’ बुधबार साँझको संवादपछि बिहीबार बिहान धनगढी जानुअघि दाहाल बूढानीलकण्ठ पुगेका थिए ।

बिहान सवा नौ बजेतिर बूढानीलकण्ठ पुगेका दाहाल र देउवाबीच झण्डै आधा घण्टा छलफल भयो । छलफलमा काँग्रेस केन्द्रीय सदस्य रमेश लेखक पनि सहभागी थिए । १२ असारमा ललितपुरको कुपन्डोलस्थित होटल समिटमा बेलुकी काँग्रेस नेता कृष्णप्रसाद सिटौलाको पहलमा दाहाल र देउवाबीचमा एक्ला एक्लै गोप्य भेटवार्ता भएको थियो । त्यसयता यी दुई नेताबीच छुट्टाछुट्टै भेटघाट भएको थिएन । नेता लेखेकले बिहीबा बिहानको भेट सत्ता र प्रतिपक्षका नेताबीच सामान्य शिष्टाचार निर्माणका लागि भएको बताए ।

यो पनि पढ्नुहोस
पोखरा, मंसिर २० । खेलका कुनै पनि गतिविधि हुँदा पोखराले हत्तपत्ती दर्शक अभाव झेल्नु पर्दैनथ्यो, बरु भीड थाम्न नसकेर आयोजकलाई हम्मेहम्मे पर्दथ्यो। पोखरामा बर्सेनि जसो हुने फुटबल, भलिबल, क्रिकेटजस्ता खेलले त थामिनसक्नु दर्शक पाउँदै आएका थिए। दर्शकको भीड बढेपछि व्यवस्थापनमा आयोजकलाई टाउको दुखाइ हुन्थ्यो। यतिसम्म कि यहाँ हुने खेलका गतिविधिमा दर्शकको चापले गर्दा प्यारापिटमा बस्ने त परैको कुरा, उभिने ठाउँसमेत पाउन हम्मेहम्मे हुन्थ्यो।

यति बेला यहाँ १३औं दक्षिण एसियाली खेलकुद साग चलिरहेको छ। सागका आठवटा खेल पोखरामा हुँदै छन्। सागका सबैजसो खेल यहाँका विभिन्न ठाउँमा भइरहेका छन्। धेरैजसो गतिविधि रंगशाला परिसरभित्रै भइरहेका छन्। खेलकुदप्रेमी दर्शकको रूपमा पोखराका बासिन्दाले यसअघि पहिचान बनाउँदै आए पनि यति बेला चलिरहेको सागको खेलमा भने दर्शकको सहभागिता साहै्र न्यून छ। एकाध खेलमा दर्शक केही बढेजस्तो देखिए पनि अधिकांश खेलमा प्यारापिट रित्तै देखिन्छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार