जनयुद्धबाट अनुपमा मगरको यात्रा : १३औँ सागमा स्वर्णसम्म [ भिडियो सहित ]

काठमाडौं । उदयपुरकी अनुपमा मगरले १३औँ साग अन्तरगत बुधबार कराँतेमा स्वर्ण पदक जितेकी छन् । उनी माओवादी सशस्त्र विद्रोहमा सहभागी भएकी थिइन् । शसस्त्र संघर्षको अन्त्यसँगै उनी छैटौं राष्ट्रिय खेलकुदमा तत्कालीन माओवादी जनसेनाको पिएलए क्लबबाट सहभागीता जनाएकी थिइन् । छैठौँ राष्ट्रिय खेलकुदमा कास्य पदक जितेकी उनी सातौं र आठौं राष्ट्रिय खेलकुद भने नेपाल पुलिस क्लबबाट खेलिन् । सातौंमा काश्य जितेकी उनले आठौंमा स्वर्ण जितेकी थिइन् ।

सिद्धार्थ बनस्थली एकेडेमीमा प्रशिक्षकको भूमिकामा समेत रहेकी उनले १३औं सागमा स्वर्ण जित्न सफल भएकी छन् । ६८ केजीमाथि प्रतिस्पर्धा गरेकी अनुपमाले पाकिस्तानी खेलाडी नगरिसलाई ६-३ को स्कोरमा हराइन् ।
भिडियो हेर्नुहोस

यो पनि पढ्नुहोस
होटल, रेष्टुराँलगायतका क्षेत्रमा बालश्रमिकको प्रयोग, न्यून ज्यालामा काम गर्नुपर्ने बाध्यता, रातको समयमा सवारी साधनको व्यवस्था नहुनुलगायतका समस्या हट्न सकेको छैन । श्रम ऐनमा रोजगारदाताले श्रमिकका लागि दिने सेवा–सुविधाका विषयमा उल्लेख भए पनि कार्यान्वयन नहुँदा समस्या नहटेको यस क्षेत्रमा कार्यरत सरकारी र गैरसरकारी संस्थाका प्रतिनिधिको भनाइ छ । मनोरञ्जन र सत्कार व्यवसायको विद्यमान अवस्थाका बारेमा बिहीबार विश्वास नेपालले गरेको अन्तरक्रिया कार्यक्रममा सहभागीले काम गर्ने श्रमिकको अवस्थामा सुधार आउन नसकेको बताएका छन् । यस क्षेत्रका श्रमिकको सेवा–सुविधाका विषयमा कानूनमा उल्लेख भए पनि कार्यान्वयनमा नआएको सहभागी प्रहरी, कर्मचारी, गैरसरकारी संस्थाका प्रतिनिधिलगायतले औँल्याएका छन् ।

काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी जीवन आचार्यले जिल्ला प्रशासन कार्यालयले ठमेल, बालाजु, गौशालालगायतका क्षेत्रमा अनुगमन गर्दै आएको बताउनुभयो । अनुगमनका क्रममा श्रमिकले आफूले आवश्यक सुविधा पाएको बताएको उहाँले बताउनुभयो । श्रमिकलाई लगानीकर्ताले आफूले सेवासुविधा पाएको भन्न सिकाएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “त्यसो नभने जागिरबाट निकाल्ने हुँदा उनीहरुले आफ्ना कुरा भन्न सकेका छैनन् ।”

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलले होटल र रेष्टुराँमा दैनिकजसो अपराधका घटना भइरहेको र नेपाल प्रहरीले कडाइका साथ कारवाही गरिरहेको जिकिर गर्नुभयो । होटलका बन्द कोठामा कुनै पनि व्यक्तिको मृत्यु हुँदा हत्या कि आत्महत्या भन्ने छुट्याउन कठिन हुने उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार