१३औँ साग : ५ हजार मिटर दाैडमा गाेपीले दिलाए नेपाललाई स्वर्ण

काठमाण्डाै – नेपालका लागि गोपीचन्द्र पार्कीले ५ हजार मिटर दौडमा स्वर्ण जितेका छन् । १४ मिनेट ५४.२० सेकेन्डमा दाैड पूरा गर्दै स्वर्ण पदक जितेका हुन् । भारतीय खेलाडी सुनील दावारले रजत पदक जिते । उनले १४ मिनेट ५५.२१ सेकेन्डमा दाैड पूरा गरेका थिए । नेपालकै हरि रिमालले १४ मिनेट ५७.०५ सेकेण्डमा दाैड पूरा गर्दै कांस्य पदक जिते ।

जारी सागमा नेपालले एथ्लेटिक्समा दाेस्राे स्वर्ण जितेकाे हाे । यसअघि सन्ताेषी श्रेष्ठले महिला १० हजार मिटर दाैडमा नेपाललाई स्वर्ण पदक दिलाएकी थिइन् । याेसँगै जारी सागमा नेपालले स्वर्ण पदककाे संख्या ३७ पुर्‍याएकाे छ ।

यो पनि पढ्नुहोस
अङ्ग्रेजी नयाँ वर्षलाई स्वागत गर्न पर्यटकीय नगरी सौराहामा आगामी पुस १० गतेदेखि हात्ती महोत्सव गरिने भएको छ । छ दिनसम्म सञ्चालन हुने सो महोत्सव १६औँ संस्करण हो ।

भ्रमण वर्ष सन् २०२० लाई विशेष रुपमा महोत्सवबाटै स्वागत गरिँदैछ । महोत्सवको आयोजक संस्था क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईका अनुसार महोत्सवमा हात्ती फुटबल, हात्तीपोलो, हात्ती फास्टवाक, हात्ती सुन्दरी प्रतियोगिता, हात्तीको वनभोजसँगै हात्तीका गतिविधिसँग सम्बन्धित विभिन्न खेल हुनेछन् ।

सौराहाको बाघमारा चौरमा हुने महोत्सवमा ५० कक्ष रहनेछन् । ती कक्षमा पर्यटकका लागि लक्षित विभिन्न प्रकारका खानासँगै हस्तकलाका सामग्री बिक्री गरिनेछन् । महोत्सवको समापनसँगै विशेष कार्यक्रमको आयोजना गरी भ्रमण वर्षलाई स्वागत गर्ने तयारी गरिएको उनले जानकारी दिए ।

महोत्सवको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । हरेक वर्ष अङ्ग्रेजी नयाँ वर्षलाई स्वागत गर्दै महोत्सव गर्ने गरिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार