काठमाण्डौ । ‘हाम्रोले भन्नु हुन्थ्यो, छोरा नभई त श्राद्ध पनि गर्दैनन् अरे, छोरीहरुले बिहे गरेपछि हाम्रो किरिया पनि गर्दैनन् अरे, त्यसैले छाराको आशमा छोरीछोरी जन्मिएका हुन् ।’ यो भनाई हो कमारी दर्जीको । उनी अहिले ३८ वर्षकी भएकी छन् । यो उमेरमा उनले ८ ओटा छोरी जन्माईसकेकी छन् । एउटीलाई त अझैं श्रीमानलाई थाहै नदिएर गर्भमै छंदा नै फ्याँकेकी रहिछन् ।
काखभरी दुध खाँदै गरेकी कान्छी छोरी । वरपर उत्राउत्रै उमेरका छोरीहरुको बीचमा बसेर छोरी पाउनुको पिडा सुनाई रहेकी कुमारीको अनुहार भने हँसिलो । छोरा पाउने र छोराकै हातबाट मरेपछि किरिया गर्ने आशमा कुमारीले बर्षौंटे ८ वटी छोरीलाई जन्माई रहिन् । कुराकानीकै क्रममा यी आठ ओटी मध्य दुईवटीले त बिहे गरेको पनि सुनाईन् कुमारीले । घरमा ज्वाईँ आउने वातावरण बनिसक्दा पनि कुमारी भने छोरा पाउने आशमा अझैं आमा बन्दैछिन् ।
न आफ्नो घर न त आफ्नै जग्गा । यस्तो बिजोग अवस्थामा पनि कुमारी बर्षैपच्छिे सुत्केरी भईरहन्छिन् । यो उनको बाध्यतालाई उनकै श्रीमानले बुझिदिएका छैनन् । आफ्ना कुरा सुनाउँदै गर्दा कुमारीले सुनाईन्,‘बिहे गरेकी दोश्रो छोरी जन्मिदा त मलाई छोरी पाईस् भनेर भातै खान दिएका होइनन् । छिमेकीले बासी दिएर खान्थें । कहिलेकाहीं बुवाले बाल्टिमा भात र तरकारी ल्याईदिनु हुन्थ्यो त्यही खाएर म सुत्केरी उम्किएकी हुँ ।’ भिडियो