जन्मदिन मनाउन इन्द्रेणीमा पुगे इकु, जन्मदिनकै दिन किन रोए ? (हेर्नुहोस् भिडियो)

काठमाडौँ । लोकप्रिय हाँस्यकलाकार सुलेमान शंकर इकु जन्मदिन मनाउन इन्द्रेणीमा पुगे । हेटौँडामा जन्मेका उनले अन्तरवार्ताका क्रममा आँफु जन्मदिनको अवसरमा बुबा आमालाई सम्झेर रोएको बताए । ६ दाजु्भाई र २ दिदी बहिनीमध्येका उनी साइलो छोरा हुन् । मुलपानिमा स्नेह आश्रम संचालन गर्दै आएका इकुले १४ अनाथ बालबालिकाको अविभावकको जिम्मेवारी निर्बाह गर्दै आइरहेका छन् ।

स्नेह आश्रम, जहां दर्जनौं नानी बाबुहरुको भविष्य फुल्दैछ । इकुलाई नै आफ्नो आमा अनि बुवा मान्ने साना नानी बाबुहरुका कैयन समस्या छन् । यि नानी बाबुहरुलाई राम्रो खुवाउन मन छ उनलाई, राम्रो शिक्षा दिक्षा दिन मन छ, राम्रो बिछौनामा सुताउन मन छ अनि राम्रो लुगा लगाईदिन मन छ । तर आँफुले भनेजस्तो कहाँ पुग्छ र ?

इकुसँग गरिएको यो रमाइलो र प्रेरणादायि भिडियो हेर्नुहोस्

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार