‘राजा आऊ, देश बचाऊ’, ‘हाम्रो राजा, हाम्रो देश, प्राणभन्दा प्यारो छ’ नाराले गुन्जीयो चितवन

चितवन, २० मंसिर । वर्तमान सरकारको कामबाट आजित बनेका जनता सडकमा उत्रिन थालेका छन् । सरकार र ब्यवस्थाको बिरोधमा शनिबार चितवनमा राजावादीले जुलुस निकाले ।

राजतन्त्र र हिन्दूराज्यको माग गर्दै आयोजना गरिएको प्रदर्शनमा चितवन रआसपासका जिल्लाका युवाहरुको सहभागीता रहेको थियो । संघीयता खारेजीको माग गर्दै राष्ट्रिय झण्डा बोकेर प्रदर्शनमा उत्रिएका राजावादीले ‘राजा आऊ, देश बचाऊ’, ‘हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ’ लगायतका नारा लगाएका थिए ।

राष्ट्रिय झण्डा र पृथ्वीनारायण शाहको तस्वीर अंकित ब्यानरसहित भेला भएका उनीहरूले धर्मनिरपेक्षताका विरुद्ध समेत नाराबाजी गरेका थिए ।

दुई तिहाइको नेकपाको सरकारबीच द्वन्द्व चलेको फाइदा उठाउँदै राजावादीको नाममा प्रदर्शन गर्न थालेपछि सरकारमाथि दबाब बढेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार