हिन्दू धर्मका १० चमत्कारिक मन्त्र

काठमाडौं । मन्त्रको अर्थ हुन्छ, मनलाई एकत्रित गर्नु र एकै तन्त्रमा बाँध्नु । साथै अनावश्यक मनमा आएका विचारहरुलाई भगाउन र समस्याहरुबाट छुटकरा पाउनका लागि पनि हामी मन्त्रहरुको जप गर्ने गर्दछौँ ।

हरेका मन्त्रका आ-आफ्नै विशेषता छन् । आज हामी तपाईहरुलाई हिन्दू धर्मका १० चमत्कारिक मन्त्रको बारेमा जाानकारी दिनेछौँ ।

१. क्लेशनाशक मन्त्रः कृष्णाय वासुदेवाय हरये परमात्मने । प्रणत क्लेशनाशाय गाविन्दाय नमोनमः ।।

अर्थात्, यो मन्त्र नित्य जप्दा झगडा र क्लेशहरुको नष्ट हुन्छ र परिवारमा खुसी छाउँछ ।

२. शान्तिदायक मन्त्रः श्री राम जय राम जय जय राम ।

अर्थात्, हनुमानजी पनि रामकै नामको जप गर्दथे । भनिन्छ, राम भन्दा पनि ठूलो श्रीराम हुन् । यो मन्त्र निरन्तर जप्नाले मनमा शान्ति पैदा हुन्छ । चिन्ताबाट मुक्ति मिल्दछ ।

३. चिन्ता मुक्ति मन्त्रः ॐ नमः शिवायः ।

यो मन्त्र निरन्तर जप्नाले चिन्ताबाट मुक्ति मिल्दछ । साथै जीवनमा शान्ति र शीतलता प्राप्त हुन्छ । तीन शब्को यो मन्त्रलाई नै महामन्त्र पनि भन्ने गरिन्छ ।

४. संकटमोचन मन्त्रः ॐ हं हनुमते नमः ।

अर्थात्, यदि मनमा कुनै पनि प्रकारको डर, वा आशंका उब्जियो भने यो मन्त्रको जप प्रत्येक दिन विहान उठेर कुनै पनि कार्यमा सफलता मिल्छ ।

५. शान्ति सुख र समृद्धिका लागिः ॐ नमो नारायण वा श्रीमन नारायण हरी हरी ।

भूरिदा भूरि देहिनो, मा द्रभं भूर्या भर । भूरि घेदिन्द्र दित्ससी ।

भूरिदा त्यसि श्रुतः पुरुत्रा शूर वृत्रहन् । आनो भजस्व राधसी ।।
ॐ नारायणाय विद्यहे । वासुदेवाय धीमहि । तन्नो विष्णु प्रचोदयात् ।।

त्वमेव माता च पिता त्वमेव ।
त्वमेव बन्धुश्च सखा त्वमेव।
त्वमेव विद्या द्रविणं त्वमेव ।
त्वमेव सर्वं मम देव देव ।।

शान्ताकारं भुजगशयनं पद्यनाभं सुरेशं ।
विश्वाधारं गगनसदृशं मेघवर्णं शुभाङ्गम् ।।
लक्ष्मीकान्तं कमलनयनं योगिभिध्र्यान गम्यम् ।
वन्दे विष्णु भवभयहरं सर्वलोकै कनाथम् ।।

आदि मन्त्रहरु पढ्दा जीवन सधैँ खुसीयाली सुखमय हुनेछ ।

६. मृत्युमाथि विजय पाउनका लागि यो मन्त्र जप गनुपर्दछ ।

ॐ त्र्यम्बकं यजामहे सुगन्धिंपुष्टिवद्र्धनम् । उर्वारुकमिव बन्धनान्मृत्योर्मुक्षीय माऽमृतात् ।।

७. सिद्धि तथा मोक्ष पाउनका लागि वेदको यो मन्त्र जप्न आवश्यक हुन्छ ।

ॐ भूर्भुवः स्व तत्सवितुर्वरेण्यं भर्गाे देवस्य धीमहि धियो यो नः प्रचोदयात् ।

८. समृद्धिका लागि यो मन्त्र जप्न आवश्येक छ ।

ॐ गं गणपतये नमः ।

९. अचानक आउने शंकट भगाउनको लागि यो मन्त्रको जप गर्नुपर्छ ।

ॐ कालिके नमः ।

२.ॐ ह्रीं श्रीं क्रीं परमेश्वरी कालिके स्वाहा ।

यी मन्त्रहरु १०८ पटक जप्दा आर्थिक लाभ मिल्छ ।

१०. दरिद्रनाश गर्नको लागि यो मन्त्र जप्नुपर्दछ ।

ॐ ह्रीं ह्रीं श्री लक्ष्मी वासुदेवाय नमः ।

यो मन्त्र प्रत्येक विहान उठेर शुद्ध भएर जपेमा सुख र शान्ती मिल्छ ।

एजेन्सीको सहयोगमा

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार