काठमाडौं- बिहे गरेर, श्रीमती मानेर अनि गर्भवती पनि बनाएर अलपत्रै परेका धनगढीका अमृत परियारकी श्रीमती मिडिया आएपछि अमृतकी दिदी सम्पर्कमा आएकी छन् ।
अमृतकी दिदी र प्रतिमा पहिलादेखि नै एकअर्कासंग सम्पर्कमा भएको हुनाले उनलाई सम्पर्क गरिएको प्रतिमा बताउँछिन् । उक्त टेलीफोन सम्बादमा अमृतकी दिदीले धेरै कुरा बताएकी छन् ।
एक युट्यूवरसंग टेलीफोरवार्ता गरेकी अमृतकी दिदीले भाईले आफुलाई र कोही पनि घरका परिवारलाई यो कुराको जानकारी नदिएको खुलाएकी छन् । उनले आफुले पनि प्रतिमालाई फेसबुकबाट सम्पर्क गरेको बताएकी छन् ।
अमृतकी दिदीको भनाई अुनसार प्रतिमालाई आफुले घर आउभन्दा उनी नै आउन नमानेको पनि बताएकी छन् । यता प्रतिमाले भने कसरी जानु एक्लै रु भनेर नगएको बताएकी छन् । साढे चार महिनाको गर्भवावस्थामा नै अमृतले छाडेकी प्रतिमाले भने अहिले छोरीलाई जन्म दिएकी छन् । भिडियो सहित