‘मलाई माफ गरिदिनु छोरी’ भन्दै बिहेको कार्डमा नोट लेखेर बुवाले गरे देह त्याग

एजेन्सी । एक जना बुवाले छोरीको विवाहमा दाइजो दिन नसक्दा देह त्याग गरेका छन् । छोरीको विवाहको कार्डमै नोट लेखेर उनले देह त्याग गरेका हुन् । विवाहको एक दिन अघि बेहुला पक्षले ३० लाख रुपैया दाइजो मागेपछि उनले दिन सकेनन् । यस्तो अप्ठेरोमा परेका बेहुलीका बुवाले देह त्याग गरेका हुन् ।

भारतको हरियाणा स्थित रेवाड़ीमा घटना भएको हो । उनले छोरीकै बिहाहको कार्डमा नोट लेखेर देह त्याग गरेका हुन् । दुलहीका बाबु कैलाश तंवरले आफ्नो छोरीको विबाह सोही इलाकाको गुरुग्रामका सुनील कुमारका छोरा रविसंग गर्ने पक्का गरिदिएका थिए ।

सम्पन्न परिवारमा छोरीको विवाह हुन लागेको भन्दै खुसी भएका उनको परिवारमा यस्तो समस्या परेको थियो । विवाहको सबै तयारी पुरा भए पछि बेहुला पक्षवाट दाइजो मागेपछि बुवाले देह त्याग गरेको भारतीय मिडियाले जनाएका छन् ।

विवाहको अघिल्लो दिन ३० लाख दाइजो नदिए विवाह गर्न आउँदैनौ भनेर केटा पक्षले भनेपछि बुवाले दिन सकेनन् । वेहुलीका वुवाले मनाउने हरेक प्रयास गर्दा पनि उनीहरु तयार भएनन् । उनले देह त्याग गर्नुको कारण ४ जना हुन् भनेर नाम पनि उल्लेख गरेका छन् ।

उनले नोटमा लेखेका छन् ,‘मैले विबाहको सबै तयारी पुरा गरिसकेको थिए । आफ्नो क्षमताले भ्याएसम्म १३ देखि १५ लाखसम्मको तयारी गरेको थिएँ । दुलाहाका बाबुका साढुभाई, पुर्व सरपञ्च, र दुहालाका केही आफन्तहरुले मलाई बिहेको ठीक १ दिन अघि मात्रै ३० लाखको माग गरेका थिए । सो दिन मैले सकिन र मैले देह त्याग गरे । मलाई माफ गरिदिनु छोरी । फाइल तस्बिर

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार