काठमाण्डौ । नायिका श्वेता खडकाको दोश्रो बिहेको चर्चा यतिबेला सबै सञ्चारमाध्यम र सोशल मिडियामा चुलिएको छ । विबाहको विषयमा अहिलेसम्म आफ्नो जीवनमा कोही छैन, कोहीपनि होइन र बिहे गर्न भ्याउँदिन भन्दाभन्दै अन्ततः नायिका खडकाले धनगढीका विजेन्द्र सिंह रावतसंग विबाहको लगन गाँठो कस्न थालेकी हुन् ।
नायिका खडका र विजेन्द्रको विबाह भोली मंसिर २२ गते हुने भएको छ । नायिका खडकाले श्रीले छाडेको ६ वर्षपछि दोश्रो बिहेको निर्णय लिएकी हुन् । उनको यो निर्णयलाई धेरैले स्वागत योग्य भएको प्रतिकृया दिनुकासाथै नयाँ बैबाहीक जीवनकोलागी अग्रीम बधाई पनि दिएका छन् ।
बिहेको अन्तिम तयारी पुर भईसकेको अवस्थामा नायिका श्वेताले आफ्नो पुर्व पति दिवंगत अभिनेता श्री कृष्ण श्रेष्ठ र उनका परिवारलाई सम्झिएकी छन् । उनले पुर्व पति श्री कृष्ण र उनका परिवारका सबै सदस्यले आफुलाई धेरै माया र सम्मान दिएको सम्झिंदै त्यो परिवारसंग कहिल्यै पनि नाता नटुट्ने पनि बताएकी छन् ।
एक अन्तरवार्तामा नायिका श्वेताले समय मिलाएर श्रीको घरमा जाने गरेको पनि बताएकी छन् । उनले आफु त्याहाँ जाँदा आफुलाई धेरै नै माया गरेको र कामको व्यस्तताले गर्दा जान नापाउँदा परिवारले मिस गरेको पनि सुनाईन् । श्वेताले आफु अक्सर श्रीको घरमा कुनै कार्यक्रममो अवसरमा जाने गरेको र आफुलाई फुुर्सद भएको समयमा जाने गरेको बताईन् । भिडियो