स्वेताले शेयर गरीन आफ्ना हुने वाला श्रीमान सँगका १० तस्बिर सहित

काठमाडाैं २२ मंसिर ।  अभिनेत्री श्वेता खड्काले बिहेको पूर्वसन्ध्यामा आफ्नो मनको भावना व्यक्त गरेकी छिन् । स्वेताले आज विजेन्द्रसिंह रावतसँग बिहे गर्न लागेकी हुन् ।

उनले आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफूले जीवनको नविन यात्रा थालेको उनले उल्लेख गरेकी छन् । खड्काले आफ्नो जीवनको दु:खद् अध्याय बन्द गरेर खुसीको अध्याय सुरू गर्ने निर्णयमा आफू पुगेको बताएकी छन् ।

‘म जीवनको दुस्खद अध्याय बन्द गरेर खुसीको अध्याय सुरू गर्ने निर्णयमा पुगेकी छु,’ उनले आइतबार फेसबुकमा स्टाटस लेखेकी छन्, ‘त्यसो भन्दैमा मैले मेरो अतीतलाई चटक्कै भुल्छु भनेको भने पक्कै होइन । अतीतका मीठा पलहरूलाई मनको कुनामा पोको पारी भविष्य सजाउने नवीन यात्रा थालनी गर्ने यो निर्णय लिनु म एक्लैका लागि सहज र सम्भव छँदै थिएन ।’

श्वेताले आफ्नो मनमा अझै पनि ‘के यो पुरुष प्रधान समाजले आफ्नो निर्णय स्विकार गर्ला त भनेर पनि प्रश्न गरेकी छिन् । श्वेता लेख्छिन्–‘जीवनका विभिन्न आरोह–अवरोह, उकाली–ओराली, सुख–दुुःख अनी हाँसो–रोदनका पलहरुलाई आत्मसाथ गर्दै आज जिन्दगीको अर्को एउटा मोडमा आइपुगेकी छु । जिन्दगीको यो मोडसम्म आइपुग्दा मैले जे जस्ता पिर, व्यथा, दुःख अनी कष्टहरुसँग सामना गरेकी छु, त्यस भित्रको कहालीलाग्दो अनुभवहरुलाई शब्दमा बयान गर्न पनि सक्दिनँ ।’

श्वेताले जिन्दगीको पाइला चाल्दै गर्दा अगाडि आइपर्ने वाधाहरुलाई देख्दा आफूले त्यसलाई सामना गर्न सक्छु या सक्दिन भन्दै प्रश्न गरेको र आफूले मृत्युलाई नरोजेर जीवनलाई रोजेको पनि उल्लेख गरेकी छिन् ।

श्वेता लेख्छिन्–‘एक्लै जीवन काट्न सकिन्छ भन्ने कठोर निर्णय लिएर विगत ६ बर्षदेखि एक्लै हिडिरहेकी थिएँ । मेरो यो एकल यात्राका वखतमा धेरै पटक लडेकी छु । अब उठ्न नै सक्दिनँ कि भन्ने कमजोर भावले थिचेको बेलामा आफ्नो हात समातेर उठाइदिने कुनै साहराको आश हुँदो रहेछ । मनभित्र ठाँगो परेर बसेका अव्यक्त बहहरुलाई बोकेर हिनु भनेको हजार टनको पत्थरलाई टाउकोमाथि बोकेर हिड्नु भन्दा पनि कठिन रहेछ । तर, मैले मेरा बहहरु व्यक्त गर्ने कोसँग ?’

खड्काको २०७१ साउनमा अभिनेता श्रीकृष्ण श्रेष्ठसँग विवाह भएको थियो । बिहे गरेको २ दिनमै अभिनेता श्रेष्ठ बिरामी परे । उपचारकै क्रममा साउन २५ मा उनको निधन भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार