यसरी सुरु भयो रमेश प्रसाईंको बिहे , इन्द्रेणी टीम बाजा गाजा सहित रमेशको घरमा (भिडियो)

काठमाडौं । पछिल्लो समय ‘रिंकेबुङको राँगो’को गीतका कारणले चर्चामा रहेका गायक रमेश प्रसाई विवाह बन्धनमा बाँधिने भएका छन् । उनले कालीकोटकी समाजसेवी नन्दा सिंहसँग विवाह गर्न लागेका हुन् । ३ वर्षको प्रेम सम्बन्धलाई रमेश र नन्दाले बिवाहमा परिणत गर्न लागेका हुन् ।

रमेशसँग आफ्नो विवाह हुन लागेको नन्दाले बताएकी छन् । यहि २२ गते धरानमा नेपाली परम्पराअनुसार थोरै ब्यक्तिको उपस्थितिमा विवाह कार्यक्रम रहेको नन्दाले जानकारी दिइन् । राजनीतिक टिप्पणी गर्न पनि माहिर रमेश र कल्पना दाहालबीच केही अगाडि प्रेमको चर्चा मिडियामा चलेको थियो ।

एक लोकदोहोरी कार्यक्रममा सँगै दोहोरी गाएपछि रमेश र कल्पनाको नाम जोडिएको थियो । रमेश पछिल्लो समय लोक दोहोरी कार्यक्रम इन्द्रेणीमा समेत आबद्ध छन् भने नन्दाले काठमाडौंमा बालआश्रम चलाइरहेकी छन् ।

अबल वक्तृत्व क्षमताका कारण फलोअर्स कमाएका रमेशलाई पछिल्लो समय ‘रिंकेबुङको राँगो’ बोलको गीतले चर्चामा ल्याएको छ । उनी पछिल्लो समय इन्द्रेणीमा समेत आवद्ध छन् । इन्द्रेणिमा दोहोरी गाउँदा गायक कल्पना दाहलसँग विवाह गर्ने कुरा गितमा समेटिएपनि गितमै सिमित हुने भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार