काठमाडौँ । पूर्वपति तथा हास्य कलाकार मनोज गजुरेलको बिहेको गाईगुई चलेसँग मनोजकी पूर्वपत्नि मिना फेरी एक पटक सामाजिक संजालमा सक्रिय बनेकी छिन् ।
मनोजले पूर्वकी महिलासँग विबाह गर्ने तयारी गरेको र २ महिनापछि बिहे गर्ने खबर एक टेलिभिजनबाट बाहिरिएसँगै मिनाले सामाजिक संजालमा ‘मेरो घरमा राजतन्त्र ल्याउन मन लाग्यो ।
तर राजा हुन लायक चै कोइ देखिन ।’ भन्न भ्याएकी छिन् । पहिलो बिहे सफल नभएपछि मनोज र मिना ३ वर्षदेखि अलग्गै बस्दै आएका छन् ।
मनोजले बिहे गर्ने थाहा पाएपछि मिना ढकालले फेसबुकमा आफ्ना भावना ब्यब्त गरेकी छिन् । हाँस्यकलाकार मनोजले गजुरेलले आफूले बिहे गर्न लागेको सत्य भएको प्रतिक्रिया दिए ।