एजेन्सी । यो वर्ष विवाहको वर्षगाँठ भब्य रुपमा मनाउने योजना थियो । गत वर्ष धुमधामसंग विवाह गरेकी एक भारतीय कलाकारको एक वर्षको वर्षगाठ मनाउन नपाउँदै निधन भएको छ । भारतको चर्चित टिभि सिरियल ये रिश्ता क्या कहलाता है की अभिनेत्रीले दिभ्या भट्नाकरकोे विवाहको एक वर्ष पुरा नहुँदै निधन भएको छ ।
१५ दिनपछि उनको पहिलो वर्षगाँठ रहेको थियो । तर कोरोना भाइरसका कारण उनको निधन भएको हो । ५ वर्षको प्रेम सम्बन्ध पछि उनले २०१९ मा आफ्नो प्रेमी गगनसँग विवाह गरेकी थिइन् । उनले आफ्नो परिवारको सहमति बिनानै गगनसँग विवाह गरेकी थिइन् ।
कोरोना भाइरसका कारण उनको निधन भएको भारतीय सञ्चार माध्यामहरुले बताएका छन् । कोरोना पुष्टि भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । अस्पतालमै उपचारका क्रममा उनको निधन भएको बताइएको छ ।
दिव्या बिगत केही दिन देखी अस्पतालमा थिइन् । उनको स्वास्थ्य अवस्था केही दिन यताबाट राम्रो नभएको अस्पतालको भनाई उल्लेख गर्दै भारतीय मिडियाले जनाएका छन् ।