विवाहमा श्वेता र विजयेन्द्रको मस्ती, छमछमी नाचेर सबैलाई रमाइलो बनाए (भिडियो हेर्नुस्)

काठमाडौ । सोमवार विवाह बन्धनमा बाँधिएकी श्वेता र उनका पति विजयेन्द्रको विवाहको भिडियो सार्वजनिक भएको छ । जसमा श्वेता र विजयेन्द्रले निकै रमाइलो गरेका छन् । विवाहमा वेहुला बेहुलीको नाच देख्न सकिन्छ भने विवाहमा पुगेकाहरुले पनि निकै रमाइलो गरेका छन् ।

उनले स्व अभिनेता श्रीकृष्ण श्रेष्ठको निधनको ६ वर्षपछि दोस्रो विवाह गरेकी हुन् । उनले सोमवार धनगढीका विजयेन्द्र सिंह रावतसँग लगनगाँठो कसेकी हुन् । दुई वर्षदेखिको प्रेम सम्बन्धलाई उनीहरुले विवाहमा परिणत गरेका हुन् । काठमाडौंस्थित गोकर्ण फरेस्ट रिसोर्टमा उनीहरुको विवाह सम्पन्न भएको हो ।

उनको विवाहका केहि तस्वीरहरु सामाजिक संजालहरुमा पोस्ट गरिएका छन् । श्वेताले आफ्नो विवाहमा संचारमाध्यमहरुलाई भने निमन्त्रणा दिईनन् । नजिकका नातेदारहरु तथा साथीभाईहरुलाई मात्र उनले निम्त्याएको बुझिएको छ । उनले कोरोना कहरका कारणले चाहेर पनि साथीभाईलाई बोलाउन नसकेको भन्दै दुख ब्यक्त गरेकी थिइन् ।

सीमित साथी र आफन्तमाझ श्वेता र विजयन्द्र रावतको हिन्दू परम्परा अनुसार विवाह भएको हो। श्वेताका दुलाहा विजयन्द्र सिंह रावत धनगढीबासी हुन् । उनी घरका कान्छा छोरा हुन् । उनका आमाबुवासहित एक दाजु छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार