रमेशको बिबाहमा ज्ञानेन्द्र शाहीको दमदार नृत्य

झापा । गायक तथा प्रखर वक्तारमेश प्रसाई र नन्दा सिंह हिजो विवाह वन्धनमा बाँधिएका छन। कालीकोटकी नन्दा सिंहसँग र धरानका रमेश प्रसाईं लगनगाँठो कसेका हुन् । उनीहरु दुवै दृष्टिविहिन हुन् ।

हिजो सोमबार का दिन दुवैको विवाह भब्य रुपमा भएको छ । हिजो बिहेकै दिन नन्दा पनि भरिभराउ भएर सजिएकी थिइन ।नन्दा भने समाजसेवामा छिन् । उनले काठमाडौंमा बालआश्रम चलाइरहेकी छन् ।

३ बर्ष अगाडि नन्दालाई रमेशले प्रेम प्रस्ताव राखेका थिए । ३ बर्ष अगाडि इन्द्रेणी कार्यक्रममा भेट भएपछि उनीहरु नजिक भएका थिए । रमेशले बिबाहको प्रस्ताव राखेका थिए । नन्दा र रमेशको बिहे धरानबाट हुने वुझिएको छ ।

अबल वक्तृत्व क्षमताका कारण फलोअर्स कमाएका रमेशलाई पछिल्लो समय ‘रिंकेबुङको राँगो’ बोलको गीतले चर्चामा ल्याएको छ । नन्दा र रमेशविच ३ बर्षदेखि गहिरो प्रेम सम्बन्ध रहेको छ ।रमेशको बिबाहमा ज्ञानेन्द्र शाही पनि उपस्थित भएका थिए , भिडियोमा हेर्नुहोला ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार