प्रेमीसँग अमेरिकामा लामो समयदेखि रोमान्स गरिरहेकी वर्षा शिवाकोटीले विबाहबारे मुख खोलीन्

काठमाडौं- नायिका वर्षा सिवाकोटीले २ वर्षभित्र बिहे गर्ने बताएकी छन् । विगत १ वर्षदेखि सविनजंग थापासँग प्रेममा रहेकी वर्षाले २ वर्षभित्र बिहे गर्ने योजना रहेको बताएकी हुन् ।

सविन र वर्षाको चिनजान आफन्तहरुको माध्यमबाट भएपछि कुराकानी गर्दै आएका उनीहरुको प्रेम त्यसपछि झांगिदै गएको हो । सविन अमेरिकामा नै रहदै आएका छन् ।अमेरिकामा एक महिना बिताउँदा सविन र वर्षाले एक अर्काको आफन्तलाई समेत परिचित गराएका थिए ।

वर्षाले बिहे पछि पनि नेपाली चलचित्रबाट टाढा नरहने बताएकी छन् । सविन आफ्नो कलाकारिता यात्राबाट खुशी रहेको वर्षा बताउछिन् । वर्षा भन्छिन सविनले मलाइ सधै काम गर्न हौसला र प्रेरणा दिन्छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार