सागका पदक विजेता खेलाडीलाई प्रधानमन्त्री ओलीकाे यस्तो ‘सरप्राइज पुरस्कार’

काठमाण्डौ – सरकारले दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक विजेता खेलाडीहरुलाई प्रोत्साहनस्वरुप जनही ९ लाख रुपैयाँ दिने भएको छ । सागमा पदक विजेता खेलाडीहरुलाई बालुवाटारमा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष प्याकेजको घोषणा गर्नु भएको हो । यस्तै रजत पदक विजेतालाई जनही ६ लाख रुपैयाँ र कांस्य पदक विजेता खेलाडीलाई जनही ३ लाख रुपैयाँ दिने प्रधानमन्त्रीले घोषणा गर्नु भएको छ ।

त्यस्तै एकभन्दा बढी स्वर्ण जित्नेलाई जनही ११ लाख रुपैयाँ दिने पनि प्रधानमन्त्री ओलीले घाेषणा गर्नु भएकाे छ । त्यस्तै फुटबललगायत विभिन्न टिम इभेन्टमा स्वर्ण जित्ने प्रति खेलाडीलाई ५-५ लाख रुपैयाँ दिने पनि प्रधानमन्त्री ओलीले घाेषणा गर्नु भएकाे छ । मंगलबार सागको समापनलाई विशेष सम्बोधन गर्नु भएका प्रधानमन्त्री ओलीले बुधबार खेलाडीहरुलाई बालुवाटार नै बोलाएर प्रोत्साहनस्वरुप पुरस्कारको घोषणा गर्नु भएको छ । मंगलबार राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवालले सागमा पदक जित्ने खेलाडीलाई प्रधानमन्त्री ओलीले सरप्राइज प्याकेज घाेषणा गर्ने जानकारी दिनु भएकाे थियाे ।
यो पनि पढ्नुहोस
मंसिर २५, काठमाडौं । रसुवागढी हाइड्रो कम्पनी लिमिटेडको सञ्चालक परिवर्तन भएको छ  संस्थापक शेयरधनी संस्था नेपाल विद्युत् प्राधिकरणबाट प्रनिधित्व गरिरहेका सञ्चालक जगदिश्वरमान सिंहको स्थानमा प्राधिकरणका निर्देशक सुभाष कुमार मिश्र मनोनयन भएको नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा प्रकाशित सूचनामा उल्लेख छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार