सर्लाही । केही समय अघिदेखि सर्लाही ईश्वरबु वडा नं. २ की सरस्वती लामा हराई रहेको भनेर समाचार बाहीरिएको थियो । १७ वर्षीय सरस्वती लामा हराएको आज १२ दिन भएको छ ।
उनी आफ्नी आमाबाबुसंग नबसेर हजुरआमा र हजुरबुवासंग बस्दै आईरहेकी थिईन् । हजुरआमा र हजुरबुवासंग बस्दै आईरहेकी सरस्वतीले आफ्नी हजुरआमालाई साथीकोमा गएर सुत्नलाई घरमै आउँछु भनेर गएकी सरस्वती फर्किएर घरमा आईनन् । आउँछु भनेर नआएकी नातीनीको बाटो हेरेकी हजुरआमाले नातीनी नआएपछि आफन्तलाई खबर गरिछन् ।
सरस्वती साथीकोमा गएर आउँछु भनेर नआएको खबर थाहा पाएका उनका आफ्न्तिले यतिका दिन भएपछि सरस्वतीको तिब्र खोजी गरिरहेका छन् । नातानी नआएपछि आजसम्म उनका हजुरआमा र हजुरबुवा उनलाई सम्झिंदै रोई रहेका छन् ।
हजुरआमा भन्छिन्,‘जानेबेला घर नजिकैको साथीको घरमा गएर म सुत्न आउँछु भन्दै मलाई फट्टै नाघेर गएकी हो । राती आउँछु भनेर गएकी नातीनी उज्यालो भईसक्दा पनि नआएपछि मैले लुगा हेरें । लुगा पनि लगेकी छैन । छोराबुहारीको घरमा गएँ हेर्न त्याहाँ पनि गएकी छैन ।’
नातीनीको सम्झनामा सरस्वतीको हजुरआमाले १२ दिनमा जम्मा पाँच छाक खाना खाएको बताएकी छन् । रुँदै सरस्वतीकी हजुरआमाले नातीनी जहाँ भएपनि घरमा फर्किएर आउन सरस्वतीलाई आग्रह गरेकी छन् ।
उनले नातीनी नआए आफुले नबाँच्ने पनि उनले बताएकी छन् । सरस्वतीकी हजुरआमाले नातीनीकै मात्र सम्झनाले सताएको बताईन् । उनको भनाई अनुसार नातीनीलाई गाउँकै विक्रम भन्ने केटाले भगाएको भन्ने लागेको छ । भिडियो