पल शाह र एलिशा राई अभिनित ‘कान्छी कान्छा’ सार्वजनिक [भिडियो]

काठमाडौं- गायक सन्जिब पराजुली र गायिका टिका प्रसाईको स्वरमा रहेको नयाँ गीत ‘कान्छी कान्छा’को भिडियो सार्वजनिक भएको छ।

गीतमा बसन्त सापकोटाको संगीत र शब्द छ भने रिकेस गुरुङको एरेन्ज छ। यो गीत एलबम ‘सँगसँगै’मा समावेश छ।

भिडियोमा पल शाह र एलिशा राई फिचर्ड छन्। डान्सिङ नम्बरको गीतको भिडियोमा राजीव समरको कोरियोग्राफी, सुप्रिम पराजुलीको सम्पादन, अर्जुन तिवारी एण्ड टिमको छायांकन र लक्ष्मण पौडेलको निर्देशन छ। गीतको भिडियो द भ्वाइस अफ नेपालको स्टुडियोमा छायांकन गरिएको हो।

गायक पराजुली र गायिका टिका प्रसाईको स्वर रहेको ‘कर्के नजर’, ‘नाइँ मलाई थाहा छैन’, ‘पहिलो भेटैमा’, ‘हिट हिट गीत’, ‘तिमी मलाई मनपर्छ’, ‘जानी नजानी’, ‘हातमा घडी’लगायतका गीत चलेका गीत हुन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार