मुम्बई – कोरोनाको कारण श्रृजित लामो लकडाउनबाट प्रभावित कयौ स्टार अहिले छुट्टी मनाउन निस्किएका छन् । धेरै स्टार छुट्टी मनाउन यतिबेला माल्दिभ्स पुगेका छन् ।

जहाँ पुगेका धेरै स्टारहरु समुन्द्रको किनारमा मस्ती मुडमा देखिएका छन् । पछिल्लो समय समुन्द्रको किनारमा मस्ती मुठ कलाकार मध्यकी एक हुन् अभिनेत्री हिना खान ।

हिनाले लगातार आफ्नो मस्तीको तस्बिर फ्यानका लागि शेयर गरिरहेकी छन् । हिना अहिले भ्रमणबाट फर्किसकेकी छन् । तर पनि उनी लगातार भ्रमणको तस्बिर शेयर गरिरहेकी छन् ।

अहिले पनि हिनाले समुन्द्रको लहरसँग मस्ती गरेको तस्बिर बाहिर आएको छ । तस्बिरमा ब्ल्याक बि-किनीमा उनी हट लुक्कमा देखिएकी छन् । उनको तस्बिर फ्यानले मन मन पराएर प्रतिक्रिया दिइरहेका छन् ।

‘ये रिश्ता क्या कहलाता है’, ‘अक्षर’ पछि ‘बिग बोस’मा समेत फष्टरनर अफ रहेकी हिना विक्रम भट्टको फिल्म ‘हैक्ड’ बाट बलिउड डेब्यु गरेकी हुन् । फिल्मको कामबाट हिनाले तारिफ पाएकी थिइन् । तर, फिल्मले बक्सअफिसमा भने कमाल देखाउन सकेन ।

