टिका सानु र कृष्ण कंडेल विवाद बारे बोले चर्चित गायक राजु परियार : इन्द्रेणीलाई पुजा गर्नु पर्छ टिकाले (भिडियो)

चर्चित कार्यक्रम इन्द्रेणीका संचालक तथा गायक कृष्ण कंडेल र गायिका टिका सानु बीच कार्यक्रम कै बीच भएको केहि विवादको भिडियो अहिले सामाजिक संजालमा भाइरल भएको छ ।

कार्यक्रमको दौरान टिका सानुले इन्द्रेणी कार्यक्रम यहाँ आउन अगाडी नहेरेको बताएकी थिइन । त्यति मात्र हैन टिकाले कलाकारले गर्दा इन्द्रेणी चलेको पनि हैन र इन्द्रेणीले गर्दा कलाकार चलेको पनि हैन भन्दै इन्द्रेणी कै मंचलाई अपमान गरेकी थिइन। त्यसपछि संचालक कृष्ण कंडेलले उनलाई सम्झाएका थिए । जुन भिडियो निक्कै भाइरल बनेको थियो ।

उक्त भिडियो सामाजिक संजालमा भाइरल बनेपछि गायिका टिका सानुलाई धेरैले गाली गरिरहेका छन । दर्शक श्रोताको गालीको वर्षा भएसंगै स्वयम् टिका सानु कृष्ण कंडेललाई लिएर फेसबुक लाइभमा आएकी छन । उनले फेसबुकबाट विवादबारे स्पष्ट पार्न खोजेकी छन । त्यस्तै उनले फेसबुकमै एक स्टाटसलेखेर यस बारे स्पष्टिकरण समेत दिएकी छन ।

टिका सानु लेख्छिन – ” सबैमा नमस्कार। नचाहँदा नचाहँदै पनि केही कुरा लेख्नै पर्ने भयो। कार्यक्रम इन्द्रेणीसँग प्राय व्यक्तिहरु परिचित हुनुहुनु हुन्छ। यस कार्यक्रमको गरिमा, चर्चा, परिचर्चा, विश्वास र यस कार्यक्रमको अभियानका बारेमा जति प्रशंसा गरेपनि कम हुन्छ। म त्यहि कामगर्छु भन्दा झन् गर्व लाग्छ। पछिल्लो समय सामाजिक सञ्जालमा एक भिडियोको अंशलाई लिएर जुन चर्चा र मेरो आलोचना भइरहेको छ। यसमा मेरो ध्यानाकर्षण भएको छ।

उक्त भिडियोमा मैले बोलेका केही राम्रा कुराहरु थिए। बिडम्बना ति कुराहरु सबै आएको पाएको छैन। जुन कुरा भाइरल भएका छन्, ति कुराहरु प्रचार गर्न लायक छैनन्। तर, त्यो भिडियोमा सोझो रुपमा कार्यक्रमका बारेमा परिचित थिएन भन्दा घमण्ड कसरी हुन्छ ? कुनै पनि संस्था र त्यसमाआवद्ध कर्मचारीहरु एकअर्कामा परिपुरक हुन्छन भन्दा के बिराए ? मैले इन्द्रेणीको कार्यक्रमका क्रममा शहरदेखि गाउँवस्तिका भिरपाखा धाएकी छु। २०औं जोर जुत्ता चप्पल फटाएकी छु। केही पाएकी छु, केही गुमाएकी छु। जुन प्रक्रिया चलिरहने प्रक्रिया पनि हो।

मलाई आजको दिनसम्म ल्याउनुमा इन्द्रेणी कार्यक्रमले कुनै योगदान दिएको छैन भनेर कही भनेकी छु र ? कलाकार र संस्थाबीचको संम्बन्ध परिपुरक हुन्छ भन्नु गलत हो ? खैर इन्द्रेणी कार्यक्रमका सन्चालक आदरणीय दाजु कृष्णप्रसाद कँडेल ज्यु यतिखेर पुर्व इलाममा हुनुहुन्छ। उहाँ काठमाडौँ आउनासाथ यो विषयमा थप प्रष्ट पार्नेछौं। साथै अर्को कुरा पूराना भिडियो काटेर पोस्ट गरेर मेरो चरित्र हत्या गर्ने, तनाव दिने, जातिय रंग दलेर गालि गर्नेहरुलाई मेरो भन्नु केही छैन। सत्य बुझ्नलाई सचेतना चाहिन्छ। नोट: कृष्ण दाइ र मेरोबीचमा कुनै मतान्तर र मन मुटाव छैन।”

यस विषयमा चर्चित लोक गायक राजु परियारले आफ्नो बिचार राखेका छन :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार