दीपेन्द्रसँग विवाह नजुरेपछि अविवाहित बसेकी सुप्रिया शाहको ज,र्नेलसँग भयो विवाह, २० वर्षपछि बल्ल उनले बिवाह गरिन !

काठमाडौं । तत्कालिन युवराज दीपेन्द्र शाहसँग विवाह नजुरेपछि अविवाहित नै रहेकी सुप्रिया शाहले विवाह गरेकी छिन् । उनले विनयविक्रम राणासँग विवाह गरेकी हुन् । राणाको यसअघिको पत्नीसँग पारपाचुके भएको थियो । त्यसपछि अविवाहित रहँदै आएकी सुप्रियासँग मंसिरमै विवाह भयो ।

सुप्रियाका पिता प्रदीपविक्रम शाह पनि पूर्व सै,निक हुन् । उनी पूर्व रानी रत्नका अं,गरक्ष,क थिए । सुप्रियालाई तत्कालिन रानी ऐश्वर्याले खुबै मनपराएकी थिइन् । तत्कालिन अधिराजकुमारी श्रुतीकी साथी हुन् सुप्रिया । उनको दीपेन्द्रसँग पनि सम्बन्ध जोडिएको थियो । तर, दीपेन्द्रले भने पशुपतिशमशेर राणाकी छोरी देवयानीलाई मन पराए । दरबारका,ण्डपछि देवयानी विवाह गरी भारत पुगिन् । सुप्रिया भने अविवाहित नै बसिन् । २० वर्षपछि बल्ल उनको विवाह जुर्यो ।

सुप्रियासँग विवाह सम्बन्ध गाँसेका विनयविक्रमको तत्कालिन राजा वीरेन्द्रका अंगरक्षक शान्तकुमार मल्लकी छोरी साधना मल्लसँगको सम्बन्ध टु’टेको थियो । सम्बन्ध टु’टेपछि विनयको सुप्रियासँग विवाह भएको छ । उनी हाल दुई तारे जर्नेल भएर पश्चिम पृ,तनाका पृ,तनापति छन् । उनी प्रधानसेनापति पूर्णचन्द्र थापाले रुचाएका जर्नेल हुन् ।

यसरी भाँ,डिएको थियो युवराज दीपेन्द्रको विवाह
म दरबारमा भएकै बेला २०४५ सालतिर दरबार मार्गको नाङ्लो रेस्टुराँमा युवराज दीपेन्द्र र उहाँका केही साथीहरु तथा उहाँका अंगरक्षकहरुले पे य प’दा’र्थ लिँदै र खाना खाँदै गर्दा के कुरामा वि’वा’द परेछ, कु’ट’पि’ट चलेछ र ती अं,गरक्ष,क घा,इते भएछन्।

युवराजको सम्म मर्यादा राखेनछन्। सबैले रिस ती अंगरक्ष,कमाथि पोखेछन्। त्यो थाहा पाएर मैले राजा वीरेन्द्रमा जाहेर गरेँ, ‘सरकार ! त्यस्तो घ,टना हुनुमा जवानी, धन–सम्पत्ति, प्रभुत्व र त्यसबेला रि’सको समयमा विवेक हराउनु– यी कारणहरुमध्ये एउटै मात्रले पनि ख,राव गर्छ। ती चारै कुरा भए ठूलो अनर्थ हुन्छ भनी नीतिकारले भनेका छन्। युवराज मस्त जवान होइबक्सन्छ, धन–पैसाको पनि कमी छैन, युवराजधिराज भएपछि प्रभुत्व पनि हुने नै भयो। रिस उठेको बेला विवके हराउँछ। यसरी चारै कुरा भएपछि ठूलो अनर्थ हुन सक्छ।’

राजाले अलि ग,म्भीर भएर भन्नुभयो, ‘यसमा उपाय के छ त ?’ ‘अंगर,क्षकहरु पनि उस्तै उमेरका छन, युवराजलाई के गर्दा खुसी बनाउन सकिन्छ, त्यही गर्छन् त्यही गर्ने छन्। कुनै नहुने कुरा भएपछि यो गर्नु हुँदैन भन्ने कोही छैन। त्यसकारण ती युवक अं,गरक्ष,कमाथि उमेर पुगेको कमान्डर राखिबक्सनुपर्यो। उसले ती अं,गरक्ष,कहरुलाई नियन्त्रणमा राख्छ। युवराजाधिराजलाई केही अदब हुन्छ, सीमाभित्र राख्न चाँडै विवाह गरिबक्सनुपर्छ। मत्ता हाती मद चढेको बेला ढोई (पोथी हात्ती) सँग लागे मात्र शान्त हुन्छ, नत्र बहुलाउँछ। प्रकृतिको नियम नै हो, महिलाहरुले पुरुषलाई व,शमा राख्छन्। नीतिशास्त्रले त्यही भन्छ’, मैले जाहेर गरेँ।

‘अं,गरक्ष,कको कुरा चैत्रको अन्ततिर सम्झाऊ, त्यसबेला उपयुक्त समय हुन्छ’, राजाको जवाफ आयो। पछि मौकामा सम्झाएँ पनि तर केही भएन। पुनः जिज्ञासा राखेँ, ‘यसपटक भएन’ भन्ने जवाफ पाएँ। त्यसपछि ढुकुटी विभागले युवराजको विवाहका लागि चाहिने गहना बनाउन लगाएको भन्ने सुनेको थिएँ।

कहिलेकाहीँ काम परेको बेला त्रिभुवन सदनमा युवराजलाई भेट्ने अवसर मिलेको थियो। युवराज स्ना,तक भएपछि खाली समयमा एउटा काम विशेषले म त्यहाँ गएको थिएँ। युवराजलाई भर्खर दरबारमा कम्प्युटर आएकाले हरिहरले सिकाएका थिए। युवराज कम्प्प्युटरमा तासको खेल खेलेको मैले पाएँ। ‘बस’ भनेपछि बसेँ। एकछिनपछि सम्बन्धित काम जाहेर गरेँ। अनि विदा हुन लागेको थिएँ, फेरि ‘बस’ भनेपछि बसेँ।

के छ ?’ दीपेन्द्रबाट सोधनी भयो
‘सरकारको विवाह भोज कहिले खान पाइएला भनी कर्मचारीहरु भन्छन्। बाहिर जनता पनि अब त सरकारको चाँडै विहे भए हुन्थ्यो भन्छ्न’, मैले भनेँ।

‘पर्ख न पर्ख’, युवराजधिराजले हाँसेर भन्नुभयो। यसरी भेट्न पाएको समयमा यस्तै कुरा हुन्थे।
२०५२ सालमा दरबारमा अधिराजकुमारी श्रृतिको विवाह भोज खाँदै थियौँ। दीपेन्द्र हातमा प्लेट लिएर खाँदै म भएको ठाउँमा आएर भन्नुभयो, ‘रेवती, तिमीले मेरो विहे भोज खान नपाउने भयौ।’

मैले भनेँ, ‘म नोकरीबाट अवकाश भए पनि यस्तै निम्ता पाए हाजिर हुन्छु।’ युवराज अरु बोल्नुएन। घर फर्किंदा बाटोभरि विचार गरेँ, ‘किन त्यस्तो भन्नुभएको ?’ मैले भेटेपिच्छे जस्तो उहाँको विहेको कुरा गरेकाले होला भन्ने ठानेँ। पछि यस विषयमा चाख लिएर बुझेँ।

श्री ५ युवराजधिराजको विवाह गर्ने भनेर २०४९ सालमा जिज्यूमुमा रत्नको नाता पर्ने रथी प्रदीपविक्रमकी छोरी सुप्रिया शाहको कुरा चलेको थियो। उनलाई दरबारको चालचलन र व्यवहार सिकाउन जिज्यूमुमापट्टि नै राखिएको थियो। युवराज दीपेन्द्रलाई पनि मन परेको थियो रे। त्यसैले सुप्रिया शाहको पूर्ण कदको ठूलो तस्वीर त्रिभवन सदनको दीपेन्द्रको मास्टर बेडरुममा रहेको थियो।

मुमा बडामहारानी ऐश्वर्यबाट भने सासूको नाता पर्ने हुँदा ती विहे गर्ने भनेकी केटी हुँदैन भन्ने रहेछ। इन्टेरियर डेकोरेसन त्रिपुरेश्वरले बनाएको मास्टर बेड रुमको पलंगमाथि सजाएर राखेको सो फोटो मुमा ऐश्वर्य त्रिभुवन सदन आएको थाहा पाउनासाथ दीपेन्दले लुकाउने गरेको कुरा बैंठकेबाट थाहा पाएको थिएँ। सासु–बुहारीको वि’वादका कारण सुप्रियासँग विवाह नहुने भनी दरबारबाट फर्काइएछ।

त्यसैले दीपेन्द्रबाट मलाई विवाहको भोज खान पाउँदैनौ भनेको मैले बुझेँ। त्यसपछि पशुपतिशम्शेरकी छोरी देवयानीसँग विहेको कुरा चलेको थियो। त्यसैबेला नेपालका खेलाडीहरु अन्तर्रा्ष्ट्रिय खेलकुदमा भाग लिन विदेश गए।

खेलकुदका सरक्षक युवराज दीपेन्द्र पनि खेलाडी युवाका प्रियपात्र भएकाले सो खेल हेर्न विदेश जानुभयो। देवयानी पनि सो खेल हेर्न गएको बेला भेट भयो रे। युवराज दीपेन्द्र र देवयानी राणामा घनिष्ठता रहेको थियो। त्यसमा पनि बडामहारानीले विरोध गरेर विहा नहुने भएछ।

(राजदरबारका पूर्वप्रमुख सचिव रेवतीरमण खनालको पुस्तक ‘अनुभूति र अभिव्यक्ति’बाट)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार