म ममीसँग सधै हुन्नँ, उहाँले जीवनसाथी खोज्नुपर्छः परितोशिका पन्त(भिडियो सहित)

धेरै माया नदेउ मलाई, टाढा हुँदा गाह्रो हुन्छ’ । गायिका अन्जु पन्तले स्वर तथा संगीत भरेको गीत हो यो । तर, गीतको भावले उनी र उनकी छोरी परितोशिकाविचको सम्बन्धको कथा भन्छ ।अनलाइनखबरसँगको कुराकानीका क्रममा अन्जु र परितोशिकाले एक अर्काविचको माया र जिन्दगीमा भोगेका कैयौ भोगाइका कथा फुकाए ।
अन्जुलाई छोरी परितोशिका ठूली हुँदै जाँदा एक दिन आफूलाई छाडेर पराई घर जान्छिन् भन्ने सोच आइसकेको छ । तर, के छोरीलाई आमालाई छाडेर पराई घर जानुपर्छ भन्ने सोच आउँछ त ?

परितोशिकाले भनिन्–‘यो त मलाई लागि नै हाल्छ । सधै त म ममीसँग हुन सक्दिनँ । यसैले त मैले ममीलाई जीवनसाथी खोज्न बारम्बार आग्रह गरेको छु ।’ अञ्जुलाई छोरीले नै बिहेका लागि स्विकृत र दबाब दिएकी छिन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार