काठमांडु, ईलाम पिपलबोटे घर हुने हाल काठमाण्डौँ घट्टेकुला निवासी ८१ वर्षीय मित्रलाल भट्टराई र ६५ वर्षीय महिला वैवाहिक बन्धनमा बाँधिनु भएको छ ।
बिहेको लगन चलिरहेको बेला उनीहरुको बिहे भएको हो । सामाजिक सञ्जाल फेसबुकमा अहिले उहाहरुको बिहेको फ़ोटो निकै भाइरल भैरहेको छ ।
हामीले यो समाचार सामाजिक सञ्जाल बाट तयार पारेका हौ । उहाँहरू दुवैजनालाई वैवाहिक जिवनकाे शुभकामना ।
यो पनीं पढ्नुहोस
काठमाडौं । अग्रज सिने पत्रकार प्रकाश सुवेदी फेरी विबादमा तानिएका छन् । नायिका पूजा शर्माको शारीरिक स्वरुपबारे विवादित बयान दिएर विबादमा तानिएको प्रकरण सेलाउन नपाउँदै प्रशास सुवेदी फेरी नायिका स्वस्तिमा खड्काविरुद्ध जाइलागेका छन् । प्रकाशले रजतपत कार्यक्रमको पछिल्लो श्रृङ्खलामा कोरोनाका कारण हल खुल्न नसक्दा कलाकारहरु पुनै फुर्सदमा रहेको भन्दै स्वस्तिमालाई बुढो बोकेर हिँड्दैमा ठिक्क भएको भन्ने प्रतिक्रिया दिएपछि स्वस्तिमा र उनका पति निश्चल बस्नेतले प्रकाशलाई कडा शब्दमा उनको कार्यक्रममा जति फोन गरे पनि नजाने उल्लेख गरेका छन् ।
रजतपटबाट प्रकाशले ‘कुनै समय थियो हाम्रा कलाकारहरुलाई भ्याईनभ्याई हुन्थ्यो, अलि चलेका कलाकारलाई लिएर फिल्म बनाउन खोज्दा पनि एक वर्षपछि गएर सोच्नुपर्ने स्थिती थियो, त्यति व्यस्त थिए कलाकार । डेट दिनै गाह्रो । अहिले त कामधाम छैन, बुढो बोक्यो, हिँड्यो भन्ने अभिब्यक्ति दिएपछि स्वस्तिमाले फेसबुकमा बिहिबार राती लेखेकी छिन्, ‘बरु बुढा बोकेर हिँडिन्छ तर जति फोन गरेपनि तिम्रोमा अन्तर्वार्ता दिन आइन्नँ । रजतपत’
स्वस्तिमाकै शैलिमा निश्चलले भनेका छन् , ‘‘बरु बुढा बोकेर हिँडिन्छ तर जति फोन गरेपनि तिम्रोमा अन्तर्वार्ता दिन आइन्न ल, भन्छे मेरी बुढी त १’ प्रकाशले एकपछि अर्को गर्दै विबादित बयान दिएर कतै आफ्नो युट्युव चम्काउन खोजेका त हैनन् भन्ने प्रश्न पनि उठेको छ ।