नेपालमै, सुनका गहना नलगाउन आग्रह

रसुवा, २६ मङ्सिर । सुनको गहना लगाएकै कारण स्कुले बालिकाको ह त्या भएपछि रसुवा प्रहरीले बालबालिकालाई सुनका गरगहना नलगाउन अभिभावकलाई आग्रह गरेको छ । कालिका गाउँपालिका–१ राम्चे खार्सा क्षेत्रको फैक्रिगाङ निवासी ६ वर्षकी बालिका सुमिना तामाङ विद्यालयबाट घरतर्फ फर्कने क्रममा कानमा लगाएको रु १० हजार बराबरको सुनको मुन्द्राकै कारण यही मङ्सिर २१ गते ज्या न गु माउन परेपछि यस्ता घ टना रोक्न रसुवा प्रहरीले गहना पहिरन गर्ने वा गराउने कार्य न्यूनीकरण गर्ने अभियान शुरू गरेको हो ।

जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुवेदीका अनुसार यस्ता अ पराधिक घ टना रोक्न बालबालिकालाई सुनका कुनै पनि गहना पहिरन नलगाउने, अपरिचित व्यक्तिले दिएका चाउचाउ, बिस्कुट, चकलेटजस्ता चीज नखान उनीहरूलाई सचेत गराउने र पठनपाठनका लागि अभिभावक आफैँले विद्यालय लाने ल्याउने वातावरण मिलाउनेजस्ता विषयमा सचेतना अभियान शुरू गरिएको हो ।

को भिड–१९ को स मस्या समाधान भएपछि सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत विद्यालयस्तरीय सचेतना कार्यक्रमसमेत सञ्चालन गर्ने तयारी भएको प्रनाउ सुवेदीले जानकारी दिनुभयो । ठूला मान्छेले पनि सकभर गरगहना नलगाउने र लगाउनै पर्ने कुनै उत्सव पर्वजस्ता अवस्था आए हात तथा गला र कानमा लगाइएका सुन सुरक्षित तवरले नजिकको परिचित आफन्तको साथमा मात्र हिँडडुल गर्र्न प्रहरीले आग्रह गरेको छ ।

ग्राङ प्राथमिक विद्यालयको कक्षा १ मा अध्ययन गरिरहेकी ती बालिका विद्यालय छुटेर घरतर्फ जाँदै गर्दा अपरिचित व्यक्तिबाट अ पहरणमा परेकी थिइन । उनको कानमा सुनको मुन्द्रा देखेपछि चाउचाउ दिएर फर्काइ नुवाकोट जिल्ला किस्पाङ गाउँपालिका–५ घर भएकी १९ वर्षे सपना तामाङले अ पहरण गरी गाउँभन्दा अलि पर नागर्दुङ ओढारमा लगि बालिका मा रेर स्याउलाले छोपी कानमा लगाएको सुन लिई भागेको प्रारम्भिक ब यानबाट खुल्न आएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सरोज गिरीले जानकारी दिनुभयो ।

गाउँमा बालिका ह राएको हल्ला चलिरहेको र खोजतलास व्यापक भइरहेको अवस्थामै घ टना घ टाउने आ शङ्कामा नुवाकोटतर्फ फर्कदै गरेकी अपरिचित सपना तामाङलाई स्थानीय बासिन्दाको सहयोगमा कालिकास्थान प्र हरीले धैबुङ घुम्ती बजारबाट २२ गतेनै नि यन्त्रणमा लिएको थियो । प्रहरी नि यन्त्रणमा रहेकी आ रोपित ती महिलाप्रति थप अ नुसन्धान भइरहेको छ ।

एक होटलबाट नि यन्त्रणमा लिएको भोलिपल्ट बालिकाको श व प्रहरी र स्थानीय बासिन्दाको टोलीले ढुङ्गाको ओढारमा फेला पारेको प्रहरीले जनाएको छ । गाउँ नजिकैको घ टना भए पनि भौगोलिक अवस्थाले खोजतलासको क्रममा नेपाल प्रहरी र स्थानीय बासिन्दाले २३ गते दिउँसो बालिकाको श व फेला पारेको बताइन्छ ।

बालिकाह त्याको घ टनाले आफूलाई अत्यन्तै दु खित तुल्याएको बताउँदै रसुवाका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले यस्ता घ टना दोहोरिन नदिन थप सतर्कताको लागि सुरक्षा निकायलाई निर्देशन दिई सकिएको बताउनुभयो । यस्तै चालु आर्थिक वर्षको साउनदेखि हालसम्म १६ वटा घ टना घटेको छ ।

प्रहरीले दिएको जानकारीअनुसार क र्तव्य ज्या न एक, आ त्महत् या तीन, बे वारिसे ला स एक, सार्वजनिक अ पराध तीन र विभिन्न भवितव्य आठसमेतका घ टना घटेको जिल्ला प्रहरी कार्यालय रसुवाले जानकारी दिएको छ । गत आर्थिक वर्षमा भने ५३ वटा घ टना घ टेको थियो । ती घ टनामध्ये गत वर्ष कर्तव्य ज्या न एक, भवितव्य १४ सवारी दु र्घटनाबाट एकसमेत १६ जनाको ज्या न गएको प्रहरीले जनाएको छ । रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार