सन्तानको नाममा भएकी एउटी छोरीलाई लाग्यो यस्तो गम्भीर रोग, डाक्टरले हजार पटक पनि अप्रेशन गर्नु पर्ने हुनसक्छ भनेपछि आमा छोरीको रुवाबासी (भिडियो)

काठमाडौ । श्रीमान पनि धेरै विरामी छन् । श्रीमानकै उपचार गर्न पनि पैसा छैन । आर्थिक अवस्था कमजोर भएकी यि महिलालाई नै फेरी अर्को बज्रपात परेको छ । काखमा भएकी छोरी पनि अस्वस्थ्य भएपछि उनी भौतारिदै हिडेकी छन् । छोरीलाई उनले डाक्टरसंग देखाइन्, डाक्टरले भनेको कुरा सुनेर आमाको झन होस उडेको छ । छोरीलाई निको बनाउने हो भने हजार पटक सम्म पनि शल्यकृया गर्न पर्छ भनेका छन् । उनी सानैमा निकै राम्रो बोल्थिन् तर अहिले उनको आवाज छैन ।

अहिले उनी ७ वर्षकी भइन् । उनी राम्ररी बोलेको आफुलाई सम्झना छैन । तर आमाले उनलाई निकै राम्रो बोल्थ्यौ भनेर भनेको थाहा छ । तर अहिले घाँटीको शल्यकृया भएपछि भने आवाज पनि गुमेको छ । यो घटना वुटवलको जितपुर ४ नम्बरमा रहेकी यि बालिका ४ वर्षकी भएपछि अचानक उनको घाँटी दुख्छ । उनको आमाले छोरीलाई अस्पताल लिएर जान्छिन् । अहिले ३ वर्ष भइसक्यो धेरै ठाउँमा उपचार गरिन् छोरीको तर आवाज फर्किएको छैन ।

उपचार गर्दा निकै पैसा पनि खर्च भइसक्यो । आफ्नो एक मात्र सन्तानको यस्तो अवस्था भएपछि आमाको आँखा ओभाएको छैन । उनको भविष्य प्रति निकै चिन्तित छन् आमा । जितपुरको ठाकुरापुरकी गीता पौडेल अहिले ७ वर्षकी छोरी सोनी पौडेलको उपचाका लागि अहिले सबैसंग सहयोग मागेकी छन् । उपचारमा लाग्दा सबै पैसा सकिएपछि उनी अहिले जिवन बचाउन आर्थिक सहयोगको अपिल गर्दै आएकी छन् ।

लामो समय उपचार गर्दा पनि निको नभएपछि उनले छोरीलाई काठमाडौ शिक्षण अस्पतालमा लगिन् । घाँटीमा निकै ठूलो मासु पलाएको रहेछ । त्यो शल्यकृया गरेपछि छोरी बोल्न थालिन् । तर ६ महिनामा फेरी त्यो रोग बल्झियो । यसरी पटक पटक गरेर ६ पटक शल्यकृया भइसक्यो । तर अहिले झन छोरीको आवाज पनि गुमेको छ । झण्डै ६ लाख भन्दा बढी खर्च भैसकेपनि निको नभएपछि उनले चिकित्सकलाई सोध्दा तपाईको छोरीलाई हजार पटक पनि शल्यकृया गर्नुपर्छ भने, छोरी १८ वर्षको उमेर हुँदा सम्म यसरी नै शल्यकृया गर्न पर्छ भन्छन्, उनले रुँदै भनिन्, मसंग यो सानो झुपडी बाहेक केही छैन । अब म कसरी छोरीको हजार पटक शल्यकृया गर्ने ? छोरीको उपचार त सम्भव छ तर त्यसका लागि भारत लैजानुपर्छ भनेका छन् तर पैसा भने छैन । घरमा बेच्ने कुरा पनि छैन अब कसरी उपचार गरुँ ? उनले विलौना गर्दै भनिन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार