मंसिर २७, चितवन । हिमाली क्षेत्रमा पाईने भोटे कुकुरको छुट्टै पहिचान छ । यो कुकुर बाघ भालुसँग पनि भिड्नसक्ने भएकाले हिमाली क्षेत्रमा निक्कै लोकप्रीय देखिन्छ । विषेशगरी चौरी गोठ, भेडि गोठमा पाल्ने गरीन्छ । प्रायजसो हरेक घरमा पालीने यो भोटे कुकुर हेर्दा निक्कै ठुलो हुन्छ भने यस्ले धेरै खान्छ यस्को आवज पनि निक्कै ठुलो हुन्छ ।
सिन्धुपाल्चोकको हेलम्बु गाउपालिका १ मा व्यवसायीक भेडा पाल्दै आउनुभएका आङबाबु शेर्पाले पनि भोटे कुकुर पाल्नुभएको छ । उहाँले भेडा बाख्राको सुरक्षाको लागी २ वटा ठुला भोटे कुकुर पाल्नुभएको छ । जसमध्ये एउटा डागो एउटा माउ छ भने साना साना बच्चा पनि छन । शेर्पाका अनुसार कुकुरको बच्चा अब विक्रिका लागी तयार भइसकेको छ ।
यो डरलाग्दो कुकुरको बच्चालाई कति पर्छ, कसरी किन्ने, यस्को माग कस्तो छ लगायतका विषयमा उनै शेर्पा दाईसँग भिडियो कुराकानी गरेका छौँ । तपाईलाई पनि भालुसँग भिड्ने कुकुर आवश्यक भए यो भिडियो पुरा हेर्नुहोला ।