विबाहअघि नै श्वेताले भब्य ‘ब्याचलर पार्टी’ दिएकी रहिछन्

काठमाडौ । ब्याचरल पार्टी हिजोआज नेपालमा पनि फेसन जस्तै भएको छ । नायीका प्रियंका कार्की र ऋचा शर्मा, आँचल शर्मा लगायतले विबाह अघि यो पार्टी दिएसँगै उनीहरुका तस्विर र भिडियोहरु भाइरल भए, उनीहरुले चर्चा कमाए । हालै वेबाहिक बन्धनमा बाँधिएकी नायिका श्वेता खड्काको विबाह अघि श्वेताले ब्याचरल पार्टी मनाउन के गर्लिन् भन्ने कौतुहलताकाबिच उनका पति विजयेन्द्रले भने साथीसँग धुमधामले मनाए ।

तर श्वेता मौन जस्तै देखिइन् । उनले मनाइनन् भन्ने लाग्यो धेरैलाई । तर श्वेताले पनि धुमधामले आफ्ना साथीहरुसँग ‘ब्याचलर पार्टी’ मनाएको विबाहपछि तस्विर सार्वजनिक भए ।

विवाह अघि सार्वजनिक नभएका उनका यस्ता तस्बिर र भिडियो अहिले सार्वजनिक भएका छन् । आफुले ब्याचरल पार्टी गरेको कुरा गोप्य राखेकी नायिका श्वेता अहिले युट्युवको ट्रेण्डिगंको स्थानलाई कब्जामा नै लिइरहेका बेला उनको ‘ब्याचलर पार्टी’का दृश्यहरु भाइरल बनिरहेका छन् ।

केही सिमित साथीका साथ ब्याचलर पार्टी गरेको सार्वजनिक भएका तस्बिर र भिडियोमा देख्न सकिन्छ । सीमित साथी र आफन्तमाझ श्वेता र विजयन्द्र रावतको हिन्दू परम्परा अनुसार काठमाडौंस्थित गोकर्ण फरेस्ट रिसोर्टमा उनीहरुको विवाह सम्पन्न भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार