काठमाडौँ । धनकुटाका ४२ बर्षिय भिम बहादुर मगरको एउटा सपना थियो मलेसिया गएर धेरै धन कमाउने । परिवारलाई खुशी र सुखी राख्ने । तर उनको सपना अधरै रहेको छ । वैदेशिक रोजगारीको निम्ति मलेसियामा सेक्रेटरी गार्डमा कार्यरत भिम सुतिरहेकै अवस्थामा मृत अवस्थामा फेला परेका छन् ।
मृ,तक भिम बहादुर सुरुमा मलेसिया आउदा कामगर्ने रोजगारदाता कम्पनी छोडेर भागेर बिगत ९ बर्षदेखी एक सेक्युरिटी कम्पनीसंग आबद्ध रहि अबैधानिक हैसियतमा मलेसिया क्वालालम्पुरको वाङ्सामाजु भन्ने ठाउँमा सुरक्षागार्डको काम गर्दै आएको उनका साथी हरि मगरले ओएस नेपाललाई जानकारी दिए ।
उनी निकट स्रोतका अनुसार भिम बहादुर बिगत १ महिनादेखि बिरामी भई थला परेका थिए । र काम छाडेर कोठामानै बस्दै आएका थिए ।
पछिल्ला दिनमा भिमलाई रुघाखोकी र फोक्सोमा संक्रमण देखिएको थियो । उनको स्वास्थमा समस्या देखिएपछि उनले क्लिनिकबाट औषधी ल्याएर सेवन गर्न सुरु गरेको बताइन्छ ।