काठमाडौ । कोरोना जोखिमका कारण आफ्नो गृहजिल्ला बझागं गएकी सोनिका आखिर काठमाडौ फर्किएकी छन् । कोरोनाका कारण सरकारले लकडाउन घोषणा गरेपछि उनी बझागं गएकी थिइन् । उनले लामो समय बझागंमै बिताइन् । झण्डै ७ महिनाको बसाई पछि उनी फेरी काठमाडौ फर्किएकी छन् ।
काठमाडौ आइपुगेकी सोनिकाले आफुले संचालन गरेको बुटिकमा पुगेकी छन् । आमासंग आएकी उनले आमालाई मेकअप गरिदिएको भिडियो पनि सार्वजनिक गरेकी छन् ।
लामो समय बझागं बसेकी उनले त्यहीँवाटै भिडियो सार्वजनिक गर्दै आएकी थिइन् । उनले बझागंका गाउँले परिवेशका भिडियो बनाउँदै आएकी थिइन् । त्यस्तै मोडल तथा युट्युवर सोनिका रोकायसंग भिडियो निर्माणमा सहयोगी भएकी रेखा राई अहिले आफ्नै युट्युवमा लागेकी छन् ।
सोनिका रोकायको ‘द सोनिका शो’ मा सहभागी भइरहेकी उनी अहिले सोनिकावाट छुट्टीएकी छन् । सोनिकासंग मिलेर एक वर्ष सम्म काम गरेकी रेखा लकडाउन पछि पनि उनी सोनिकासंग बझागं पुगेकी थिइन् ।
अहिले उनीहरुबीचमा समस्या भएको बताइएको छ । उनले सोनिकाको कार्यक्रममा एंगल परिवर्तन भएका कारण आफुसंगै काम गर्न नसकेको बताएकी छन् ।
पहिला भिडियोमा राखिने सामग्री र अहिले ‘सोनिका शो’मा राख्ने कार्यक्रम फरक भएका कारण आफु सोनिकावाट अलग्गीएको बताइन् । उनले पहिला सोनिका विना केही सोच्न पनि सकेको थिइन् तर अहिले सोनिकावाट अलग भएर आएपछि आफुले पनि केही गर्नु पर्छ भनेर काठमाडौ फर्किएको बताइन् ।