धनगढी । यतिबेला सोशल मिडियामा जताततै खिरपुरीवाली बेहुलीको मात्र चर्चा भईरहेको छ । उनको बिहेमा जन्मघर छाडेर श्रीमानसंगै कर्म घर जाँदै गर्दा उनले गाडीभित्रैबाट बोलेका कुराहरुले उनलाई निकै नै चर्चित बनाएको छ । अन्मिएर पराईघर जाने बेहुलीहरु धेरै हुन्छन् तर उनी ती धेरै मध्यकी फरक बेहुलीको रुपमा चिनिन सफल भईन् । यतिबेलाको यो समयमा उनको त्यो सानो टिकटक भिडियोसंगै पुरै अन्तरवार्ता नै भाइरल भई रहेको छ ।
ती खिरपुरीवाली भनेर चिनिएकी बेहुलीको नाम शान्ति मुडभरी हो । भने उनलाई पोखरादेखि धनगढीसम्म बेहुला बनेर लिन गएका श्रीमान चिरञ्जीवी ओझा हुन् । पुर्खेउली घर अछाम भएका चिरञ्जीवीको बसाई यतिबेला पोखरामा रहेको छ । आफ्नी दुलहीलाई बिहे गरेर धनगढी लिन गएका चिरञ्जीवी तब निकै नै भावुक बनेको बताउँछन् जब श्रीमती शान्तिले आफ्नी आमालाई नरुनुभन्दै सम्झाएई रहेकी थिईन् । त्यतिबेला टिकटकमा शान्ति त भाईरल भईन् तर उनका श्रीमान चिरञ्जीवी भने गाडीभित्रै भावुक थिए ।
एक अन्तवार्तामा चिरजीवीले भनेका छन्,‘उनले मामुलाई सम्झाई रहेकी थिइन् । तर मलाई भने निकै नै नरामाईलो लागि रहेको थियो । हाम्रो पारिवारिक सम्बन्ध हो । मेरो मामुसंग पहिलादेखि नै राम्रो मेल रहेको हुनाले पनि मामु रुँदा म पनि निकै नै भावुक बनिरहेको थिएँ ।’ उक्त अन्तरवार्तामा शान्तिले आफुलाई निकै नै सम्हालेर आमालाई सम्झाएको बताईन् । शान्ति भन्छिन्,‘यदि गाडी १ मिनेट मात्रै रोकिएको भए सायद भक्कानिएर रुने थिएँ होला । किनकी मैले आफुलाई धेरै नै सम्हाली रहेकी थिएँ । धन्न गाडी हिंडि हाल्यो र पो ।’
भर्खरै बैबाहीक बन्धनमा बाँधिएकी शान्तिले आफ्नै श्रीमानको बारेमा निकै नै खुलेर कुरा गरेकी छन् । शान्तिको भनाई अनुसार उनका श्रीमान एक समझदार व्यक्ति हुन् । श्रीमानको तारिफ गर्दै शान्ति भन्छिन्,‘उहाँ नभईदिएको भए सायद म आज यसरी चर्चित पनि हुने थिईन होला । उहाँ धेरै नै समझ्दार व्यक्ति हुनु हुन्छ । म आफुलाई उहाँको श्रीमती हुन पाएकोमा निकै नै भाग्यमानी ठानेकी छु ।’ शान्ति र उनका श्रीमानको भनाईलाई हेर्नलाई तलको भिडियोमा क्लिक गर्नुहोला । भिडियो