काठमाडौं २८ मंसिर / पछिल्लो सामाजिक सञ्जाल फेसबुक टिकटक र युट्युबमा इन्द्रेणी कार्यक्रमका सञ्चालक र गायिका टिका सानु बिच भएको कुराकानीको छोटो अंश निकै नै भाइरल भइरहेको छ ।
कुराकानी सामान्य भएपनि सामाजिक सञ्जालमा चर्को आलोचना सहितको टिप्पणीले गायिका टीका सानू निकै चिन्तित बन्न पुगेकी थिइन् ।
सञ्जालमा चर्चा चलिरहेका बेला इन्द्रेणी टिम पणरदेश नं १ मा पुगेका थिए । तर अहिले इन्द्रेणी टिम काठमाडौ फर्किएपछि टीका सानूले कृष्ण कंडेलसँग भेट समेत गरिसकेकी छिन् ।
चर्चित गायक तथा मोडल प्रकाश सपुतले पनि भेटघाटको तस्बिर फेसबुकमा राख्दै यस्तो लेखेका छन् ।
कतिपय विषयहरु हामीले सुनेको भन्दा सोचेको भन्दा एकदमै सामान्य हुन्छन तर हामीले असामान्य बनाईदिन्छौ । आज आईतबार लोकप्रिय कार्यक्रम ईन्द्रेणि का प्रस्तोता एंव गायक कृष्ण कड़ेल दाई र लोकप्रिय गायिका टिका सानु जि संगको भेटघाट । इन्द्रेणि कार्यक्रम र कलाकारहरुको सम्बन्धको बारेमा र कार्यक्रम मा गाउने गितहरुको रोयल्टि को बारेमा छोटो मिठो कुराकानी भयो । यो नितान्त व्यक्तिगत भेटघाट थियो । भेट्न मन लाग्यो । भेटियो ।