काठमाडौ । अभिनेत्री श्वेता खड्काको विवाह भएको केही दिन पछि उनले ‘ब्याचलर पार्टी’ गर्दाको तस्बिर र भिडियो सार्वजनिक भएको छ । उनले पनि नायीका प्रियंका कार्की र ऋचा लुइटेलले जस्तै विवाह अघि गरिने ‘ब्याचलर पार्टी’ आयोजना गरेको खुलेको छ । विवाह अघि सार्वजनिक नभएका उनका यस्ता तस्बिर र भिडियो अहिले सार्वजनिक भएका छन् ।
उनले आफुले ब्याचरल पार्टी गरेको कुरा गोप्य राखेकी थिइन् । केही सिमित साथीका साथ ब्याचलर पार्टी गरेको सार्वजनिक भएका तस्बिर र भिडियोले बुझ्न सकिन्छ । कोरोनाको जोखिमका कारण आफन्त र केही सिमित परिवारका सदस्यकाबीच विवाह गरेकी श्वेताले ब्याचलर पार्टीमा पनि सिमित साथीहरुलाई सहभागी गराएको देख्न सकिन्छ ।
उनले स्व अभिनेता श्रीकृष्ण श्रेष्ठको निधनको ६ वर्षपछि दोस्रो विवाह गरेकी हुन् । उनले सोमवार धनगढीका विजयेन्द्र सिंह रावतसँग लगनगाँठो कसेकी हुन् । दुई वर्षदेखिको प्रेम सम्बन्धलाई उनीहरुले विवाहमा परिणत गरेका हुन् । काठमाडौंस्थित गोकर्ण फरेस्ट रिसोर्टमा उनीहरुको विवाह सम्पन्न भएको हो ।
उनको विवाहका केहि तस्वीरहरु सामाजिक संजालहरुमा पोस्ट गरिएका छन् । श्वेताले आफ्नो विवाहमा संचारमाध्यमहरुलाई भने निमन्त्रणा दिईनन् । नजिकका नातेदारहरु तथा साथीभाईहरुलाई मात्र उनले निम्त्याएको बुझिएको छ ।
सीमित साथी र आफन्तमाझ श्वेता र विजयन्द्र रावतको हिन्दू परम्परा अनुसार विवाह भएको हो। श्वेताका दुलाहा विजयन्द्र सिंह रावत धनगढीबासी हुन् । उनी घरका कान्छा छोरा हुन् । उनका आमाबुवासहित एक दाजु छन्।