५० प्रतिशत रकम बुझाएर विना ब्याज बजाजका बाइक किन्न सकिने

काठमाडौं । बजाजका बाइक किन्न चाहनेहरुका लागि नेपाली बजारमा नयाँ स्किम लागू भएको छ ।

नेपालका लागि बजाज बाइकको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले हालै नयाँ स्किम सार्वजनिक गरेको हो ।

यस अन्तर्गत ग्राहकले शून्य प्रतिशत ब्याजदरमा बाइक किन्न सक्ने छन् । यसका लागि शुरुमा ५० प्रतिशत डाउन पेमेन्ट बुझाउनु पर्नेछ ।

त्यसपछि बाँकी रकम १८ महिनामा किस्ताको रुपमा बुझाउन सकिने छ ।बजाजका सबै मोडलका बाइक यसरी किन्न सकिने र नेपालभर रहेका सबै बजाज सोरुमबाट यी बाइक किन्न सकिने छ ।

कम्पनीले अहिले नेपाली बजारमा प्लाटिना, डिस्कभर, पल्सर, एभेन्जर र डोमिनार सिरिजका गरी विभिन्न १४ भेरिएन्टमा बाइक बिक्री गर्दै आएको छ ।

बजाजका सबै मोटरसाइकल नेपालमा एसेम्वल भइरहेका छन् ।नेपाल अटो

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार