टिकटकमा भाइरल जोडीलाई सन्तान लाभको शुभकामना (फोटोफिचर)

पछिल्लो समय टिकटक मार्फत निकै नै भाइरल भएका जोडी सुधीर श्रेष्ठ र रोशनी श्रेष्ठकोको छोरी भएको छ । उक्त कुरा सुधिरले सामाजिक संजाल मार्फत जानकारी गराएका हुन । अहिले उनिहरुलाई सामाजिक संजालमा शुभकामना दिनेको ओइरो लागेको छ । हाम्रो तर्फबाट पनि सुधीर र रोशनीलाई शुभकामना छ । जीन्दगीमा अझै प्रगति गर्दै जानू ।

पछिल्लो समय म्युजिक भिडियोमा रुचाईएको एउटा नाम हो सुधीर श्रेष्ठ । उनले पछिल्लो समय निकै नै हिट म्युजिक भिडियो दिइरहेका छ्न । उनका “नबोली बनोली”, “मायाँ गरौंला” जस्ता गीतलाई दर्शकले निकै नै रुचाएका छन ।श्रेष्ठ दम्पतीले यसअघि ‘जेल पनि सहुँला’ बोलको गीतमा टिकटक बनाएका थिए । १५ सेकेन्डको समयावधिमा यी दुईले प्रस्तुत गरेको अभिनय, हाउभाउ र कन्सेप्टलाई रुचाउने बढे । ‘के म तिम्रो होइन र’ मा टिकटक बनाउँदा सुधीरको फलोअर्स १७ हजार जनाभन्दा बढी थिए । अहिले उनलाई फलो गर्ने ५ लाख १० हजार छन् । सुधीर पनि आइरहेको टिकटक भिडियोभन्दा केही फरक कन्सेप्टको भिडियो बनाउँदा टिकटकमा रुचाएको बताउँछन् । ‘

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार