आमालाई शान्तवना दिँदै सम्झाएर आउँछु त हाँस्दै भने तर म मनभरी रोइरहेकी थिए : शान्ती

टिकटकमा भाइरल खिर पुरीवाली बेहुली भन्छिन् अन्माउने बेलामा आमालाई शान्तवना दिँदै सम्झाएर आउँछु त हाँस्दै भने तर म मनभरी रोइरहेकी थिए, भक्कानो छुट्न मात्रै बाँकी थियो मेरो, सायद केही सेकेण्ड गाडी रोकिएको भए आमालाई अँगालो हाल्दै भक्कानिन्थे होला भन्दै यसरी मनको पह पोखिन् हालै विबाह गरेकी शान्तीले।

सोशल मिडियामा जताततै खिरपुरीवाली बेहुलीको मात्र चर्चा चलीरहेको छ । उनको बिहेमा जन्मघर छाडेर श्रीमानसंगै कर्म घर जाँदै गर्दा उनले गाडीभित्रैबाट बोलेका कुराहरुले उनलाई निकै नै चर्चित बनाएको हो । अन्मिएर पराईघर जाने बेहुलीहरु धेरै हुन्छन् तर उनी ती धेरै मध्यकी फरक बेहुलीको रुपमा चिनिन सफल भईन् । यतिबेलाको यो समयमा उनको त्यो सानो टिकटक भिडियोसंगै पुरै अन्तरवार्ता नै भाइरल भई रहेको छ ।

ती खिरपुरीवाली भनेर चिनिएकी बेहुलीको नाम शान्ति मुडभरी हो । उनलाई पोखरादेखि धनगढीसम्म बेहुला बनेर लिन गएका श्रीमान चिरञ्जीवी ओझा हुन् । पुर्खेउली घर अछाम भएका चिरञ्जीवीको बसाई यतिबेला पोखरामा रहेको छ । आफ्नी दुलहीलाई बिहे गरेर धनगढी लिन गएका चिरञ्जीवी तब निकै भावुक बनेको बताउँछन्, जब श्रीमती शान्तिले आफ्नी आमालाई नरुनुभन्दै सम्झाएई रहेकी थिईन् । त्यतिबेला टिकटकमा शान्ति त भाईरल भईन् तर उनका श्रीमान चिरञ्जीवी भने गाडीभित्रै भावुक भएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार