गुडिरहेको यात्रुबाहक बसमा आगलागी

तुलसीपुर /  दाङमा गुडिरहेको यात्रुबाहक बसमा आगलागी भएको छ ।

बसको ब्याट्री सर्ट हुँदा तुलसीपुरबाट नेपालगञ्ज जाँदै गरेको रा १ ख २३७४ नम्बरको बसमा आगलागी भएको हो ।

मानवीय क्षति भने नभएको प्रहरीचौकी जसपुरका प्रहरी नायब निरीक्षक कृष्णबहादुर पुजाराले बताउनुभयो ।

आज बिहान ६ बजेतिर तुलसीपुरको १३ बखरियामा उक्त आगलागी हुँदा बस जलेर नष्ट भएको छ । गाडीमा १५/१६ जना यात्रु भएको प्रहरीले बताएको छ । – फाइल तस्बिर

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार