गायीका टिका सानुले इन्द्रेणी कार्यक्रममा बोलेको एउटा पुरानो भिडियोका कारण अहिले उनी विवादित भएकी छन् । उनले इन्द्रेणी कार्यक्रममा कलाकार र कार्यक्रम एक अर्कका परिपुरक भएको बताएकी थिइन् । उनले इन्द्रेणी कार्यक्रममा आउनु भन्दा अगाडी इन्द्रेणी कार्यक्रम आफुले नहेरेको बताएकी छन् ।
उनले कलाकारबीना इन्द्रेणी कार्यक्रम पनि सफल नहुने र कार्यक्रम नभई कलाकार पनि नजन्मने भएका कारण दुवै एक अर्काको परिपुरक भएको बताएकी थिइन् । अहिले भिडियोको अंश भाइरल बनाउँदै इन्द्रेणी कार्यक्रम र त्यसका संचालकसंगको सम्बन्धलाई लिएर भएको टिप्पणी प्रति टिप्पणी गरिएको छ ।
टिकालाई अहिले गा ली को वर्षा आएको छ । उनलाई घमण्ड देखाएको भन्दै टिप्पणी गरिएको छ । उनले कार्यक्रमका बारेमा बोलेका केही भिडियोको सानो अंश भाइरल बनाएर संचालक कृष्ण कँडेलसंग सम्बन्ध विग्रिएको टिप्पणी गरिएको छ ।
इन्द्रणी कार्यक्रममा सहभागी भएपछि थप चर्चित भएकी टिकाका बारेमा अहिले सामाजिक सञ्जालमा उनले बोलेका कुरालाई लिएर नकारात्मक टिका टिप्पणी भएको हो । उनीसंग कार्यक्रम सञ्चालक कृष्ण कँडेलको सम्बन्ध विग्रिएको आशंका गरिएको छ । सोही विषयलाई लिएर गायीका टिकाले सामाजिक सञ्जाल फेसवुक मार्फत लामो स्टाटस लेखेर स्पष्टिकरण दिएकी छन् ।
आफुले बोकेका कुरालाई काँटछाँट गरेर आफुलाई गलत सावित गर्न खोजिएको भन्दै दुख ब्यक्त गरेकी छन् । उनले कृष्ण कँडेलसंग सम्बन्ध विग्रिएको भन्दै आएका टिप्पणी गलत भएको भन्दै त्यसवारे कृष्णलाई नै भेटेर स्पष्ट पार्ने बताएकी छन् ।