श्वेताको विबाह सम्पन्न भएपछि श्रीकृष्ण श्रेष्ठको अन्तिम भिडियो भाइरल

काठमाडौँ । नायिका श्वेता खड्का दोस्रो विबाह गरेसँगै फेरी एक पटक चर्चामा छिन् । उनले धनगढीका प्रेमी विजयन्द्र सिंह रावतसँग विवाह गरेसँगै उन्िीसँग सम्बन्धित सामागी अहिले ट्रेण्डिगंमा छन् ।

उनका भिडियोहरु ट्रेण्डिगंमा आइरहेका बेला श्वेताका स्वर्गीय पति श्रीकृष्ण श्रेष्ठसँग श्वेताले इन्टरभ्यू दिएका तस्विर र भिडियोहरु पनि उनीहरुका फ्यानले खोजी खोजी सामाजिक संजालमा भाइरल बनाएका छन् । जसमध्येको एक हो श्वेता र श्रीले विबाह लगत्तै दिएको अन्तरवार्ताको छोटो क्लिप । कोहिनुर फिल्मको बिमोचन समारोहमा स्वेता र श्रि कृस्न श्रेष्ठ उपर गरिएको प्रशनको उत्तर दिदै – प्रेम अन्धो हुने जिकिर गरेका थिए ।

उक्त भिडियोमा श्रीकृष्णले मायाको परिभाषा दिँदै जन्म, मृत्यु र विबाह भन्ने कुरा दिन आएपछि हुन्छ, मानिसले चाहेर हुँदैन रहेछ भनेका छन् । श्वेताले २०७१ असार २३ गते अभिनेता श्रीकृष्ण श्रेष्ठसँग विवाह गरेकी थिइन् ।

विवाह गरेको महिनादिनमै श्रीकृष्णले यो संसारबाट विदा भएका थिए । श्रीसँग श्वेताले कहाँ भेटिएला, कोहिनुरमा सँगै काम गरेकी थिइन् । श्रीकृष्ण स्वर्गी भएपश्चात् विबाह नगर्ने बताउँदै आएकी श्वेताले धनगढीका विजयउेन्द्रसँग अन्तत प्रेम विबाह गरेकी छिन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार