सानो उमेरमा ठूलो चो’ट भोगेकी अभिनेत्री श्वेता खड्का नारीलाई परिभाषित यसरी गर्छिन्- ‘महिला धर्ती हो । तर, मुटु उनीहरुकै कमजोर हुन्छ । तर, सहने शक्ति उनीहरुमै बढी हुन्छ ।’
यो परिभाषा एउटी नारी, एउटी अभिनेत्री, एउटी व्यवसायी, एउटी एकल महिलाले दिँदैछे । अझ, एक महिना नपुग्दै पतिवियोगले थलिएकी युवतीले दिँदैछे जीवनको यो परिभाषा ।
यो परिभाषा श्वेताले आफ्नै जीवनको रङलाई निचोरेर निर्माण गरेजस्तो लाग्छ । आँखामा आँखा जुधाएर कसैलाई पति वियोगको कथा सुनाउने हिम्मत जुटाउनका लागि श्वेताले कति सहनुपर्यो होला ? कति रुनु पर्यो होला ? तर, आँशु ग्रन्थीले उत्पादन गर्न छाड्दैन ।
लयमा फर्कंदै गरेकी श्वेताले आँखा भरिलो बनाएर भन्छिन्, ‘त्यो भोग्ने’लाई मात्र थाहा हुन्छ । देख्नेहरुलाई त सामान्य लाग्न सक्छ ।’ श्वेताको भारिलो आँखाले पनि भन्छ, ‘व्य’था भनी साध्य छैनन् ।’
विवाहपछि शुरु हुन्छ, श्वेताको दुखान्त । मानौँ, श्वेतालाई दुखाउनकै लागि विवाह शब्दको अविष्कार भएको हो ।
कोहिनूर र श्रीकृष्ण
कोहिनूर फिल्म रिलिज हुँदै थियो । कहाँ भेटिएलाका जोडी श्रीकृष्ण श्रेठ र श्वेता स्क्रिनिङ हुँदै थिए । चर्चीत अभिनेता र अभिनेत्रीको अभिनयको पर्खाइमा थिए दर्शक । कति फ्यानको चाहाना थियो होला, ‘श्रीकृष्ण-श्वेता’लाई हलमा भेट्ने ।
यही बीचमा आएको थियो । श्रीकृष्ण र श्वेताको विहेको खवर । यो त्यही जोडि थियो जसले केही समय पहिले सँगै होटेल व्यवसाय थालेका थिए ।
सम्पन्न परिवारकी श्वेता पुल्पुलिएरै हुर्कीएकी थिइन् । भन्छिन्, ‘१६ वर्षसम्म मलाई नपुग्दो केही थिएन । घरको निकै प्यारी छोरी थिएँ ।’ सायद घरमा ज्वाइँको खाँचो थियो । त्यसैले, नयाँ-नयाँ केटाहरुको फोटो घरमा आइ नै रहेको हुन्थ्यो । श्वेता भन्थिन्, ‘म आफैं छनोट गर्न सक्ने भएपछि मात्र बिहे गर्छु ।’
श्वेताले घरमा मात्र होइन, घर बाहिर पनि अत्यधिक सामना गर्ने प्रश्न थियो, ‘विवाह कहिले ?’ त्यो किनभने उनी चर्चित अभिनेत्री थिइन् । श्वेताको एउटै जवाफ हुन्थ्यो, ‘जन्म, मृ’त्यु र विवाह कसैको हातमा हुँदैन ।’
भयो पनि त्यस्तै । ६ कक्षामै श्रीकृष्ण अभि’नित फिल्मको गीत चट्ट रुमाल क्यामुलुमा छमछमी नाच्ने श्वेताले कहाँ सोचेकी थिइन् र श्रकृष्णसँगै लगन गाँठो कसिन्छ भनेर । उनको लागि अभि’नय पनि कल्पना बाहिरको कुरा थियो ।
भन्छन् नि जिन्दगी सं’योग हो । कल्पना कम र संयोग बढीले चल्छ जिन्दगानी । ‘कहाँ भेटिएला’ श्वेताको त्यस्तै अद्भु’त संयोग थियो । त्यो, भेटको डेट श्वेता’को दाहिने हातको ट्युटुमा छ । त्यहीँ श्रीकृष्णलाई भेटिन, फिल्ममा छानिइन्, विस्तारै प्रेममा परिन् र बिहे गरिन् ।
दुःखान्त कथाको सुरुवात
श्रीकृष्णको घरमा श्वेता बुहा’रीका रुपमा प्रवेश गरेको दुई दिन मात्रै भएको थियो । उनीहरुका लागि त्यो रो’मान्टिक मौसम थियो । आफैंले रोजेको केटासँग बिहे गर्दा श्वेतामा खुशी’को सीमा थिएन । तर, श्रीकृष्ण बि’रामी भएपछि श्वेताका केही खुशीमा सीमा रेखा कोरिए ।
बिहेको तेस्रो दिन अस्प’तालमा ।
केही दिनपछि अस्प’तालको रिपोर्टले भन्यो, ‘बोन क्या’न्सर । त्यो पनि लास्ट स्टेज’को ।’ नयाँ दुलहीलाई आइप’रेको यस्तो सन्देशले श्वेतामा के बित्यो हेला ? श्वेता’ले नै भनेजस्तो त्यो भोग्ने’लाई मात्र थाहा हन्छ ।
फेरि आफन्तले भन्दै थिए, ‘घरमा खबर नदिनु । मे:डिकल लाइनका छन । गाह्रो पर्छ । ‘ यो समय श्वेता’लाई कसैको साहाराको जरुरत थियो । सम्झा’उने मान्छेको जरु’रत थियो । तर, घरमा झुट बोलेर आफैं सम्हालिनुपर्ने ।
आँशुलाई रोकेर श्रीकृष्ण र आफन्तका अगाडि हाँ’सेको नाटक गर्नुपर्ने । कस्तो विडम्बना ! श्वेता’लाई त्यतिनै खेर लाग्यो, ‘भगवान त रहेनछन् ।’