पहिलोपटक रमेश प्रसाईकी आमाले मिडियामा गरिन नयाँ खुलासा, यस्तो छ जिवन कहानी (भिडियो)

काठमाडौ । आफ्ना तार्किक अभिव्यक्तिका कारण सामाजिक सञ्जालहरुमा सँधै चर्चामा रहने रमेश प्रसाई अहिले फरक परिचयका साथ युट्युबमा छाएका छन्। पूर्वी नेपालमा एक रेडियो पत्रकारका रुपमा स्थापित भएका दुबै आँखा देख्न नसक्ने युवक रमेश वक्तृत्व क्षमताका कारण नेपालभर परिचित छन्। उनी ‘मोटिभेशनल ट्रेनर’ का रुपमा थुप्रै जिल्लामा समेत पुगिसकेका छन्। राष्ट्र र राष्ट्रियताका विषयमा तार्किक रुपमा आफ्ना अभिव्यक्ति दिने रमेश स्पष्टवक्ता, मृदुभाषी र विभिन्न भाषाको ज्ञान भएका युवक पनि हुन्।

भाग्यको खेल भनौ वा प्रकृतिको नियति जन्मँदै दुई आँखा बिना जन्मिएका यिनले यस धर्तीलाई बाहिरी आँखाले देख्न नपाए पनि भित्री आँखाले भने खुबै ध्यान चित्त भएर अवलोकन गरी रहेका छन्।सामाजिक सञ्जाल फेसबुक मार्फत रातारात चर्चामा आउन सफल भएका प्रसाई आजकल नेपालका अनलाइन पोर्टलहरूमा जता ततै छ्याप छ्याप्ती भेट्दछौ।दुवै आँखा नभए र के भोर आज रमेश प्रसाई हरेक नेपालीको मन मुटुमा बस्न सफल भएका छन्।

कम्युनिस्ट बिचार धारा बोकेका प्रसाईले अहिले सम्म कुनै पनि पार्टीको झन्डा बोक्ने काम चाहिँ गरेका छैनन् ।गरिबिको रेखा मुनि जन्मिएका प्रसाई आफू गरिब हुँदा हुँदै पनि रवि लामिछानेले बनाउन लागेको कालिकोट स्थित रास्कोट सामुदायिक अस्पताललाई ७५ हजार नेरू सहयोग गरी सकेका छन्।महाकवि लक्ष्मी प्रसाद देवकोटाको बिचार सँग मिल्दा जुल्दा प्रसाई आफू नखाएर भए पनि दिन दुखीलाई सहयोग गर्न तल्लिन रहन्छन्।

राष्ट्र र राष्ट्रियता प्रति सदा सर्बदा अभिप्रेरीत भएर आफ्ना अभिब्यक्ति दिने प्रसाईले देश प्रेमी नेता र देश भक्तको खुलेरै प्रशंसा गरे पनि भ्रष्ट्राचार,दलालको खुबै आलोचना गर्छन्।राम्रा र मिठास पूर्ण कविता पनि वाचन गर्ने प्रसाईँको गीत सङ्गीत प्रति पनि त्यति नै मोह छ।नेपालका केही कलाकार र नेताहरूको समेत क्यारीकेचर गर्ने प्रसाई मिलनसार पनि त्यति नै छन्।राजनैतिक, सामाजिक एवं विदेशका बारेमा पनि चासो राख्ने प्रसाईँले भावी दिनहरूमा अझै दमदार प्रस्तुति दिनेछन्।

रमेश प्रसाई ताप्लेजुंगमा २०५० सालमा भएको हो । उनका बुवा आमा शिक्षण पेशामा संलग्न छन् । त्यसैले उनी साथैदेखि चेतनशिल थिए । दुवै आँखा नभएका उनी जन्मजात नै यस्तै हुन् । उनी सामाजिक विषयमा बोल्छन्, सामाजिक सञ्जालमा पनि निकै सकृय छन् ।

झापाको गह्रामुनीमा उनी ५ कक्षा सम्म पढेका हुन् । त्यसपछि उनी पुर्वाञ्चल ज्ञान चक्षु विद्यालयमा पढ्न थाले । त्यो विद्यालयमा दृष्टिविहिन विद्यार्थीहरु अध्ययन गर्ने गर्थे । दृष्टिविहिन मात्र अध्ययन गर्ने विद्यालय भएकाले उनलाई त्यहाँ पढ्न पनि सजिलो भयो । उनी सानै देखि नै गीत संगीतमा रुची राख्थे ।

दृष्टिविहिनहरुका लागि उपयुक्त हुने विभिन्न कृ’याक’लाप गराउने भएकाले अन्य कृ’याकलापमा पनि उनी सकृय थिए । उनले २०६९ सालमा एसएलसी दिएर पहिलो श्रेणिमा पास गरे । पहिलो पटक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउँदा उनले पहिलो पटक सामाजिक सञ्जाल फेसवुकमा लाइभमा आएर दिएको अ’भिब्य’क्ति पछि चर्चित भएका थिए । २०७५ साल बैशाखमा नरेन्द्र मोदी नेपाल आउँदा उनले त्यसवारे बोलेका थिए । सामाजिक सञ्जालमा उनले निकै ख’रो भनाई सार्वजनिक गरेका थिए । त्यो भनाई निकै चर्चित भयो ।

अहिले उनी पब्लिक स्पी’करका रुपमा परिचित छन् । रमेश निकै चलाख बच्चा भएको उनको आमा सविता प्रसाईले बताउँछिन् । जन्मदै दुवै आँखा टा’लिएको उनी रुँदा पनि नाकवाट आँशु आउने गरेको पनि उनले बताउँछिन् । यस्तो अवस्थामा जन्मिएका रमेशलाई ठूलो भएर जिवनमा केही गर्न सक्दैन वि’ ष खु’वाए’र मा’रि’दि’नु भनेर छिमेकीले भनेको उनकी आमाले सम्झन्छिन् । न्वारनमा आएका पण्डितले समेत कसरी दु’ध खु’वाउँछौ भनेर प्रश्न गरेका थिए ।

रमेशलाई हिन्दी फिल्म निकै मन पर्छ । सुरुमा त रमेशले पढ्न सक्दैन भनेर विद्यालय पनि पठाएका थिएनन् । तर पछि रमेशले आफुलाई नदेख्ने भएर हेपेको भनेर कर गरेपछि मात्र उनलाई विद्यालय भर्ना गरिदिएका थिए । उनी विद्यालयमा भर्ना भएपछि उनले विलक्षण प्रतिभा देखाएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार