आफ्नो बेइज्जत गरिएको भन्दै कानुनी उपचार खोज्ने मनोज गजुरेलको उद्घोष

काठमाडौं, ३० मंसिर । बरिष्ठ हास्य कलाकार मनोज गजुरेलले विभिन्न अनलाइन र युट्युवहरुले आफ्नो बारेमा भ्रामक समाचारहरु लेखेको भन्दै आक्रोश पोखेका छन् । उनले छुट्टिसकेको सम्बन्धलाई तथ्यहीन तर्कहरु राखेर आफ्नो बेइजत गरेको बताएका छन् । उनले फेशबुकमा स्टाटस लेख्दै धेरै सहेर बसेको तर अत्याचार नै गरेपछि आफू बोल्न बाध्य भएको बताएका छन् ।

उनले सामाजिक सन्जालमा आफ्नोबारे बारम्बार अनावश्यक टीका टिप्पणी गर्नुका साथै युटुबमा आफ्ना बाल बच्चाहरुको फोटोको दुरुपयोग गरेको बताएका छन् । यो क्रियाकलापले आफ्नो छोरा छोरीको पढाइ र जीवन आघात परिरहेकोले अब कानुनी उपचार तर्फ लागेको पनि बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार