बस्नेतकी छोरीले विहे गरेपछि भयो बेहाल

चितवन । कानुनी रुपमा नेपाल जातिय छुवाछुत मुक्त देश हो । तर अझै पनि जातिय विभेद र छुवाछुतका घट्नाहरु भईरहेकै पाईन्छ । शिक्षाको दृष्टिकोणले पछि रहेको क्षेत्र दुरदराजमा मात्रै हैन सेवा सुविधा र चेतनाको दृष्टिकोणले अग्रणी क्षेत्रमा पनि छुवाछुतका घट्ना भईरहेको छ ।

यसको ज्वलन्त उदाहरण हेर्न चितवनको सक्तिखोर पुगे हुन्छ । पदम सार्किले बस्नेतकि छोरी विहे गरेको २० वर्ष पुगिसक्यो तर ज्वाई स्विकारीएको छैन । यो जातिय छुवाछुत समाजमा कालो धव्वाको रुपमा अझै पनि रहेको गतिलो प्रमाण पनि हो ।

२ जना छोरा उमेर पुगिसक्यो । समाजमा घुलमिल भएर सवै सामान्य रुपमा चलीरहेको छ । सिंगो समाजले अन्तरजातिय समाजलाई स्विकारे पनि बस्नेत परिवारले छोरी ज्वाईलाई स्विकारेका छैनन ।

आज अन्तरजातिय विवाह गरेका नमुना जोडिसँग भिडियो कुराकानी गरेका छौँ । उनिहरुले आप्mनो दुख सुखका कुरा दिल खोलेर गरे । उनिहरु कुराकानीका क्रममा आफुहरुमाथी छुवाछुतको नाममा भइरहेको अन्याय सम्झीएर पटक पटक भक्कानीए,,,,,,,,,, पुरा भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोला ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार